घट्यो पेट्रोलियम पदार्थको मूल्य, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य कम

news-details

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ ।

बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई-दुई रूपैयाँ घटाएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ ।

यसैगरी हवाई यन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *