नेपाल दोस्रो टी-२० खेलमा वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित

news-details

दोस्रो टी-२० खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ ।

वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

लोकेश बम १७, कुशल भुर्तेल २, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी ३, आरिफ शेख १२, सोमपाल कामी ३, अनिलकुमार शाह एक र कुशल मल्ल शुन्य रनमा आउट भए ।

बलिङमा वेष्ट इन्डिज ‘ए’ गुडाकेश मोती र ओबेद म्याककोयले दुई-दुई विकेट लिए ।

यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचर ४३, कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चाल्र्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए । गुडाकेश मोती ८ बलमा ३१ र म्याथ्यु फर्ड ६ बलमा ११ रनमा अविजित रहे ।

वेष्ट इन्डिज ‘ए’ ले पछिल्लो दुई ओभरमा ४१ रन जोड्यो । स्पीनर कुशल भुर्तेल र सागर ढकालले २-२, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

नेपालले शनिबार भएको खेलमा वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । योसँगै नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *