करन तिरुवाको स्वरमा ‘सभापोखरी’ बोलको गीत सार्वजनिक

news-details

काठमाडौं । संखुवासभा जिल्लाका उदयमान गायक करन तिरुवाको स्वरमा ‘सभापोखरी’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ ।

साहित्यकार तथा प्राध्यापक ताराबहादुर बुढाथोकीको शब्द तथा बेनुप क्षेत्रीको संगीतमा सजिएको गीतको एरेन्ज मुस्कान मुकारुङले गरेका छन् । गीतमा संखुवासभा जिल्लालाई विश्वमाझ चिनाउँन प्रयास गरिएको छ ।

तिरुवाको सुमधुर स्वरमा सजिएको गीतमा संखुवासभा जिल्लाको प्राकृतिक सुन्दरता, धार्मीक विविधता तथा पर्यटकीय स्थलहरुको वर्णन गरिएको छ ।

संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा जन्मिएर आफ्नो ठाउँलाई गीत संगीतको माध्यमबाट विश्वमाझ चिनाउँन लागिपरेका तिरुवाले यसअघि पनि थुप्रै गीतहरु गाईसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *