सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
376.   कोरियाले भाषा परीक्षा पास गरेका कामदारको छनोट थाल्यो
377.   मलेसियामा विदेशी कामदारको लेभी बढाउने निर्णय स्थगित
378.   बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर प्रभावित हुने
379.   केयरगिभर छनोट परीक्षाको नतिजा सार्वजनिक (उत्तिर्णको नामावलीसहित)
380.   मलेसियामा अवैध आप्रवासीलाई वैध हुने बाटो खुल्यो
381.   साउदीमा नेपाली कामदारलाई अब अनलाइनबाटै राहदानी
382.   मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि
383.   साउदीमा ३ सय नेपाली बिचल्ली
384.   इजरायल जाने भाषा परीक्षामा १ सय छनौट (सूची सहित)
385.   मलेसिया दूतावासद्धारा ट्राभल डकुमेण्ट बनाउन स्थगित
386.   कुवेतमा गैरकानुनी कामदारलाई आममाफीको मौका
387.   दक्षिण कोरियामा मजदुरको तलब बढ्यो
388.   कोरियामा अबैध बस्नेको संख्या बढ्न थाल्यो
389.   साउदीमा बन्धक नेपालीको उद्धार पहल शुरु
390.   साउदी अरब सुरक्षित छ : नेपाली दूतावास
391.   रूस हुँदै युरोपतर्फ मानव तस्करी
392.   कृषि विकास बैंकमा जागिर खुल्यो (सुचनासहित)
393.   फ्री भिषा र फ्री टिकट तर कामदारबाट पैसा
394.   अवैध कामदार फिर्ता गर्न दलाल सक्रिय
395.   अघि बढ्यो साउदीसँग श्रम सम्झौता
396.   पुनः श्रम स्वीकृति विमानस्थलबाटै
397.   कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
398.   आप्रवासी श्रमिकको पक्षमा इमान्दार हुन जोड
399.   फ्री भिषा र फ्री टिकट कार्यान्वयनमा समस्या परेको व्यवसायीद्धारा स्वीकार
400.   करोडवालाहरु संगठित भए अब कामदार संगठित हुनुपर्छ : सचिव आचार्य
Results 568: You are at page 16 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media