सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:२०

नेपालको संविधानको कार्यान्वयन गर्ने क्रममा मङ्गलबार नेपालको राष्ट्रप्रमुख अर्थात् राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा २६ हजार २५१ मतभार प्राप्त गर्नुपर्ने हुन्छ । राष्ट्रपति पदका लागि निर्वाचन हुन लागेको यो तेस्रो पटक हो । 
 
राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन । राष्ट्रपति पदका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदान सकिएलगत्तै मतगणना गरी मत परिणाम सार्वजनिक गरिने बताए । यस निर्वाचनमा दोस्रो कार्यकालका लागि वर्तमान राष्ट्रपति भण्डारीले पुनः उम्मेदवारी दिएकी छिन । उहाँलाई सत्तारुढ घटक नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दलको समर्थन छ ।
 
राष्ट्रपति भण्डारीको उम्मेदवारीको प्रतिनिधिसमेत रहेका एमाले नेता भानुभक्त ढकालले राष्ट्रपति पदमा निर्वाचित हुन सुविधाजनक बहुमत प्राप्त हुने अपेक्षा गरेको बताए । राष्ट्रपति निर्वाचित हुन कुल मतदाताको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 
 
यसैगरी, नेपाली काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद कुमारीलक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी शहिद देवान सिंह राईकी छोरी हुन । भोजपुर निवासी राईले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेकी छिन । नेपाली काँग्रेसका अनुसार, राई नेपालको लोकतान्त्रिक आन्दोलनमा विगत पाँच दशकदेखि निरन्तर सक्रिय राजनीतिमा छिन । 
 
विजयी हुन २६,२५१ मत आवश्यक
सङ्घीय–संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्य र सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकारको अधिकार छ । राष्ट्रियसभाका तीन र प्रदेशसभाका एक गरी चार सदस्यले मतदान गर्न पाउने छैनन् । तसर्थ सङ्घीय–संसद्का ३३४ र प्रदेशसभाका ५५० गरी जम्मा ८८४ सदस्यमध्ये ८८० जनालाई मात्रै मताधिकार रहेको छ । सङ्घीय–संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ छ । सङ्घीय–संसद्का मतदाताको जम्मा मतभार २६ हजार १४९ र प्रदेशसभाका ५४९ सदस्यको मतभार २६ हजार ३५२ गरी कुल मतभार ५२ हजार ५०१ हुन्छ । 
 
संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति निर्वाचित हुन कुल मतभारको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । दुई जना मात्रै उम्मेदवार रहेका र वर्तमान राष्ट्रपति भण्डारीलाई समर्थन गर्ने दल र सदस्यको सङ्ख्या हेर्दा पहिलो पटक नै एक उम्मेदवारलाई कम्तीमा ५० भन्दाभन्दा बढी मत प्राप्त हुने देखिएको छ । 
 
नागरिकतालाई मान्यता 
निर्वाचन आयोगले मतदानका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई नागरिकता र मतदाता परिचयपत्रबाट पनि मतदान गर्न सकिने जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङ्गको मतपत्रमा मतदान गर्नुहुने भएको छ । दुई थरिका मतपत्रमा कुनै निर्वाचन चिह्न छैन र मतपत्रमा रहेका व्यहोरा मात्रै रङ्गीन छपाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
326.   आज क्रिसमस, विश्वभरका इसाई धर्मालम्वीले बिशेष उत्साहका साथ मनाउँदै
327.   भूकम्प प्रभावित क्षेत्रमा खटिएका प्राविधिकले दिए सामूहिक राजिनामा
328.   चन्द्रागिरी केबलकारले इच्छाशक्ति भए असम्भव छैन भन्ने पुष्टि गर्यो : प्रम प्रचण्ड
329.   व्यवसायी केसीले गरे जन्मभूमिमा स्टेचर र विद्यालय सामाग्री सहयोग
330.   राजदूत बन्न कम्तीमा स्नाकोत्तर
331.   पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’
332.   शिक्षक चौलागाईको ‘जीवनको अन्तरङ्ग’ सार्वजनिक
333.   नाट्टा नेतृत्वमा सिण्डीकेट प्रस्ताव, सदस्यहरुको चर्को आपत्ति
334.   रोटरी क्लब अफ राजधानीको स्वास्थ्य शिविर
335.   विदेश पठाइदिन्छु भनेर ३३ लाख ठगी गर्ने पक्राउ
336.   आइओएमका डिन सिहंले दिए राजीनामा, अझै तोडेनन केसीले अनसन
337.   स्थानिय आफै जुटे आधुनिक सभाभवन निर्माणमा, सहयोगको लागि सार्वजनिक अपील
338.   श्रम समितिकै सदस्यले भने–‘बायोमेट्रिक बैधानिक छ,बन्द गर भन्न सक्दैनौ ’
339.   साझा बसमा प्रधानमन्त्री प्रचण्डको सिंहदरबार यात्रा
340.   भारु साट्ने दलाल सक्रिय, श्रमिकहरु ठगिदै
341.   युएईमा १४ नेपाली अलपत्र, स्वदेश फर्काउन पहल भैरहेको दुतावासको भनाई
342.   अष्ट्रेलियाली समकक्षिसँगको भेटवार्तामा काठमाडौंबाटै भिसा सेवा उपलब्ध गराउन परराष्ट्रमन्त्री महतको आग्रह
343.   १० हजार नेपालीलाई पतंजलीले रोजगारी दिने
344.   काठमाडौंमा ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो, एउटै परिक्षाले तिनपटक ट्रायल दिन पाइने
345.   अमेरिका पुर्‍याउँने भन्दै ठग्दै
346.   सांसदको मासिक तलब बढ्यो, जनता गरिबीको मारमा नै
347.   साझाका बस ‘अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म’
348.   फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने
349.   अमेरिकामा बस्ने नेपालीद्धारा बिद्यालय निमार्ण गरी हस्तान्तरण
350.   सिंगापुरबाट एक करोड अमेरिकी डलर नेपाल भित्रिँदै
Results 726: You are at page 14 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media