मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:४८

अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले दुई लाख आठ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले विस्वास लिएको छु । यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने छ’- उक्त रकम घोषणा गर्ने क्रममा घलेले भने । सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सकृयता र अपनत्व हुनुपर्छ भन्नेमा आफुले सधै विस्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीय नेपाली संघको नेतृत्व गर्दा पनि सोही मान्यतालाई स्थापित गरेको बताए ।
 
सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रमको उदघाटनदेखि समापनसम्ममा तीन दिनसम्म गएर महापुराणस्थलमा पुराण श्रवणमा समय दिंदै समापनका दिन आइतबार उनीहरुले सो रकम दान गर्ने घोषणा गरेका हुन् । नेपाली सामुदायिक भवन निर्माणका लागि यति ठूलो रकम दान दिइएको नेपाली डायस्पोरामा सम्भवतः यो पहिलोपटक हो ।
 
यस अघि सप्ताहको तेश्रो दिन भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र लक्ष्मीबाट १  लाख डलरको प्रतिबद्धता जाहेर गरिएको थियो भने त्यसभन्दा अघि सबैभन्दा ठूलो प्रतिबद्धता यस उद्धेस्य प्राप्तीका लागि स्थापित संस्था अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेण्टरका  अध्यक्ष डा चन्द्र दीपक पोखरेल र श्रीमती पोखरेलले कार्यक्रमको दोश्रो दिन २६,५०० डलरको प्रतिबद्धता जाहेर गरेका थिए । 
 
झण्डै साढे दुई दशकदेखि मेलवर्नमा ब्यबसाय गरिरहेका घले दम्पत्तिले सफल उद्यमी एवं परोपकारी ब्यक्तित्वको रुपमा आफूलाई स्थापित गरेका छन । उनीहरुको पहलमा नेपालको स्वास्थ्य एवं शिक्षा क्षेत्रमा काम गर्नेगरी एक अर्ब रुपैयाँको एमआईटी फाउण्डेसनसमेत स्थापना भएको छ ।
 
पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउने गरी बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि मेलवर्नमा रहेका नेपाली समुदायले सकृयतापूर्वक सहयोग प्रदान गरेका छन् । समापनका दिनसम्म महापुराणबाट झन्डै १.१ मिलियन डलरको प्रतिबद्धता जाहेर भएको छ र महापुराणभन्दा पहिलाको समेत गरी जम्मा रकम १.४ मिलियन डलर पुगेको जानकारी कार्यक्रमको समाप्तीका अबसरमा दिइयो । योसंगै अब नेपाली सामुदायिक भवन निर्माण प्रकृया तिब्र गतिमा अगाडि बढ्नेछ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
301.   यूएईमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाइयो
302.   आश्रय स्थल राख्नका लागि नेपाली दूतावास ओमान समक्ष ज्ञापनपत्र
303.   दूतावास र एनआरएनको पहलमा नरबहादुर स्वदेश फर्कदै
304.   कतारका व्यवसायीहरु लगानी गर्न उत्साहित
305.   चितवन युवा समूह कतारले गर्यो आर्थिक सहयोग
306.   बाग्लुङ सेवा समाजको बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
307.   बरालको नेतृत्वमा मोसुको नयाँ कार्यसमिति
308.   समूहमा बचत गर्दै कतारबासी युवाहरु
309.   पत्रकार महासंघ कतार शाखामा बन्जाडेको नयाँ नेतृत्व
310.   ओमानमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
311.   कतारमा आइएमई कप रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु
312.   कतारमा सांगीतिक प्रस्तुतिका साथ एनआरएनए कप सम्पन्न
313.   कतारमा नेपालले फिलिपिन्स बिरुद्ध शानदार जित
314.   सुरक्षित आप्रवासन मुद्धामा कतारमा अन्तर्कृया
315.   संखुवासभा बाढि पीडितलाई अमेरिकाबाट ६ सय डलर
316.   संखुवासभा पहिरोपीडितलाई कोरियाबाट एकलाख
317.   कतारमा शर्ट मुभिको प्रिमियर शो
318.   दुइटै मृगौला फेल भएकी तारालाई कतारबाट सहयोग
319.   महिला समाज ओमानको तीज कार्यक्रम सम्पन्न
320.   बाबुराम समर्थित जापानको मोर्चा ‘वाइगात प्रचार’ हो – अध्यक्ष श्रेष्ठ
321.   कतारमा गुल्मी सेवा समाजले गर्यो तीज बिशेष कार्यक्रम
322.   मोसु कतारको दशौं साधारणसभा नोभेम्बर चौधमा हुदै
323.   ईदमा पिजनद्धारा भलिवल प्रतियोगिताको आयोजना
324.   जनसम्पर्क समिति कतारको इफ्तार कार्यक्रम
325.   तेश्रो उत्तर अमेरिकाव्यापि भलिबल हुदै
Results 387: You are at page 13 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media