विहिवार, माघ ०४ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ००:१०

 
अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ । सोमबार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन् । सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे ।
 
आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन् । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन् ।
 
मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन ।
 
त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
 
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ ।
 
त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् ।
 
के के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाइने छैन्। मौन अवधिको उल्लङ्घन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ ।
 
उम्मेदवार तथा दलहरुले निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउँदैनन् । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
 
के हुन्छ कारबाही ?
मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउन सक्नेछ। आयोगको सचेत गराउदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
 
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनको प्रावधानमा टेकेर मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ ।
 
आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
551.   मन्त्री अझै अन्योलमा, मानव अधिकार आयोगले भन्यो - 'जीवन रक्षा गर !'
552.   आमरण अनसन बसेको चौध दिनपछि युवामन्त्रीको ध्यानाकर्षण, लामिछाने बर्खास्त हुँदै
553.   विदेशमा एमआरपी वनाउन परराष्ट्रले सहजीकरण गर्ने
554.   पासपोर्ट विक्रि गर्नेहरु खोरमा
555.   हस्तलिखित पासपोर्ट डिसेम्वरसम्म चल्ने
556.   कृषि प्रशिक्षणका लागि ३ सय ६० युवालाई इजरायल पठाइने
557.   स्काउटमा करोडौंको अनियमितता, युवाहरु सडकमा
558.   मलेसियाले १ वर्षभित्र दुईलाख नेपाली कामदारलाई रोजगार दिने
559.   संघ अध्यक्ष विवादमा पुृनरावेदनले उल्टयायो जिप्रकाको निर्णय
560.   मलेसियाको कानूनमा कामदार चल्नुपर्छ :महाथिर
561.   अध्यागमले विदेश आवतजावत गर्नेको विवरण राख्न थाल्ने
562.   सकस एमआरपीको
563.   मेनपावर व्यवसायीको श्रममन्त्रीलाई वधाई
564.   शिवरात्रीको अवसरमा आकर्षणले वितरण गर्यो निशुल्क पानी र चिया
565.   व्यवसायी गुरुङ श्रम तथा रोजगार मन्त्री
566.   न्याय खोज्दै तामाङ सर्वोच्चमा
567.   पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी
568.   सेवाग्राही नआइदिदा कर्मचारी चिया र सुर्ती खादै घाम तापेर बसे
569.   वैदेशिक रोजगार व्यवसायी संघमा वाग्ले कार्यसमितिलाई आधिकारिकता
570.   वैदेशिक रोजगार विभागमा कृष्णहरि पुस्कर
571.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
572.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
573.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
574.   बायोमेट्रिक लागू हुने संभावना बढयो
575.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
Results 631: You are at page 23 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media