सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ कार्तिक १४ गते ०४:२४

हिमायत अधिकारी/ अन्तराष्टिय नेपाली साहित्य समाज क्यानबेराले १०९ औं लक्ष्मी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा मदन पुरस्कार बिजेता बरिष्ठ निबन्धकार युवराज नयाँघरेलाई सम्मानित गरेको छ । कार्यक्रमको शिलशिलामा अष्ट्रेलियामै रहेका नयाँघरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनलाई मायाको चिनोसहित सम्मानित गरिएको थियो । 
 
कार्यक्रममा समाजका उपाध्यक्ष भेष देवकोटाले स्वागत मन्तव्य प्रस्तुत गर्दै लक्ष्मीप्रसाद देवकोटाको जीवनीका बारेमा प्रकाश पार्दै आफनो कविता पनि प्रस्तुत गरेका थिए । यस्तै समाजका महासचिब बिनायक अधिकारीले अनेसासको स्थापनाका बारेमा जानकारि दिदै आफनो कविता सुनाएका थिए । कार्यक्रममा एनआरएनए क्यानबेराका संयोजक राजन ढुंगेल, अनेसास क्यानबेराका अध्यक्ष डा। शकुन्तला देवकोटा र सचिव चन्द्र तिवारिले पनि कविता सुनाएका थिए ।
 
कार्यक्रममा अतिथीको रुपमा बोल्दै नेपाली राजदुताबास क्यानबेराका उपनियोग प्रमुख राजेन्द्र पाण्डेले दिनप्रतिदिन नेपाली साहित्यलाई माया गर्नेहरुको संख्या बढेकोमा खुसी ब्यक्त गर्दै अनेसास क्यानबेरालाई जस्तोसुकै सहयोग आवस्यक परेमा आफु तयार रहेको कुरा बताए । उनले संस्थाको उज्जल भबिष्यको पनि कामना गरे ।


 
प्रमुख अतिथीको रुपमा नेपाली साहित्यमा निवन्ध यात्रामा आफनो कलम चलाएका र २०६६ सालमा एक हातको ताली पुस्तक मार्फत मदन पुरस्कार प्राप्त गर्न सफल ब्यक्तित्व नयांघरेले आफू यसरि साहित्यीक कार्यक्रममा जोडीन पाएकोमा अत्यन्त खुसी ब्यक्त गर्दै संस्थालाई आफना रचनात्मक कार्य गरिरहन सल्लाह र सुझाब ब्यक्त गर्दै आफनो तर्फबाट जे जस्तो सहयोग गर्न पनि तयार रहेको कुरा जानकारि दिनुभयो ।
 
कार्यक्रमको बिट मार्दै समापति डा शकुन्तला देवकोटाले समाजको पहिलो कार्यक्रम रहेको र निरन्तर रुपमा नेपाली साहित्यमा लागीरहने तथा समाजले दिएको जिम्मेवारि पुरा गर्ने जानकारि दिदै कार्यक्रममा आर्थीक रुपमा सहयोग गर्ने क्याफे दि अन्नपूर्ण, एसबिए मोर्गेज तथा सोलुसन, एस एण्ड एस बिजनेस एण्ड एकाउटिगं र गौलि इभेन्ट म्यानेजमेन्टलाई धन्यवाद दिएका थिए ।

कार्यक्रम समाजकी कोषाध्यक्ष शान्ति पौडेलले संचालन गरेकि थिइन कार्यक्रममा एनआएनएका पूर्व अध्यक्ष डा सीताराम घिमिरे, सिएनएफसीका अध्यक्ष चुडामणी सापकोटा, एएनएफएसका पूर्व अध्यक्ष बिनोद नेपाल लगायत नरेश थापा, अशोक सुवेदीसहित समाजका बिभिन्न संघ संस्था र सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थीयो । 
 
कविता कार्यक्रम पछि बारबिक्यू कार्यक्रम गरिएको थीयो । बारबिक्यूमा समाजका सदस्यहरु प्रकाश श्रेष्ठ र ध्रुब आचार्य सहित अन्य साथीहरुले सहयोग गरेका थिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
26.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
27.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
28.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
29.   नयाँघरेको ‘आमिल’ विमोचित
30.   कथाकार सुस्केराको ‘सरोगेट लोग्ने’ विमोचित
31.   संबिधान, म र हामी !
32.   तीजका अवसरमा तीन स्रष्टा नारी सम्मानित
33.   नारी स्रष्टा सम्मानित हुँदै
34.   चार स्रष्टालाई संगीत-नाट्य प्रज्ञा पुरस्कार
35.   अमर न्यौपानेको करोडौँ कस्तूरी सार्वजनिक
36.   'नओभाएका आँखाहरु'को विमोचन
37.   बिकुको ‘मृत्यु बिर्सिनेहरु’ सार्वजनिक
38.   देश दर्शनको होली कवितामय
39.   दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रा.डा. वैद्यलाई
40.   ‘हरियो राहदानी’ का लागि नयाँघरेलाई ‘प्रतिभा पुरस्कार’
41.   निबन्ध - हुक्का !
42.   कथाः माया
43.   हाम्रो एउटै पहिचान — ‘हामी एसियाली ।’
44.   ‘हरियो राहदानी’ पुरस्कृत
45.   ‘ह्वाइट हाउसको घामपानी’ र ‘पाण्डुलिपि’ विमोचित
46.   ढकालको गो अहेड सार्वजनिक
47.   सोइनम माथि परिचर्चा
48.   रामकुमार एलनको उपन्यास ‘स्याउली सिम्फोनी’ विमोचित
49.   विदेशिनुको वास्तविकता
50.   मनुज, ध्रुवचन्द्र, युवराजलाई कलाश्री
Results 65: You are at page 2 of 3
First Prev 1 2 3 Next Last

Powered By : Unitech Media