बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०१ गते २३:२९

 

 
केन्द्र स्थापनाका लागि हरेक प्रदेशमा कम्तिमा १० विधा (करिब १ सय ३० रोपनी) जमिन आवश्यक पर्ने र प्रत्येक प्रदेशका लागि २० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 
‘यो नयाँ कन्सेप्ट हो, हामीले लामो छलफलपछि यस्तो गर्न सकिने निष्कर्ष निकालेका हौं,’ उनले भने, ‘स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले सातै प्रदेशमा स्किल्ड डेभलपमेन्ट सेन्टर स्थापना गर्न सकिन्छ ।’ यसबाट वार्षिक ४२ हजार दक्ष जनशक्ति उत्पादन हुन्छ । नेपालमा नै काम गर्नेले पनि राम्रो सीप र सुरक्षित ड्राइभिङ गर्न सक्छ भने विदेश नै जान चाहने पनि दक्ष भएर जान सक्ने उनको भनाइ छ । 
 
अहिले सडकमा नै ड्राइभिङ सिक्ने अर्थात सिकाउने काम भइरहको छ । यसले दुर्घटना त निम्त्याएको छ नै, अन्य प्रविधिक ज्ञानसमेत चालकहरूमा निक्कै कम हुने गरेको छ । एउटा इन्स्टिच्युट निर्माणमा करिब २० करोड रुपैयाँ लाग्ने दाहालको आकलन रहेको छ । ७ वटा इन्स्टिच्युट निर्माण गर्न १ अर्ब ४० करोड रुपैयाँ लाग्छ । यसको लगानीका विषयमा उनले भने –‘लगानीको खाँचो छैन । पैसा जुटाउने माध्यम मैले भेटाएको छु तर, समस्या जमीन कसरी उपलब्ध हुन्छ भन्ने हो । यदि सरकारले हरेक प्रदेशमा १०÷१० बिघा जमिन दिन्छ भने ५ वर्ष्भित्र सबै प्रदेशमा इन्स्टिच्युट स्थापना गरिसक्ने सोच बनाएको छु ।’ 
 
यो इन्स्टिच्युट आफूहरुले नाफा कमाउनका लागि गर्न लागेको नभइ देशको आवश्यकता महशुस गरि गर्न लागिएको बताए । ५ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको र त्यसपश्चात पाँच वर्ष सञ्चालन गरेपछि सरकारलाई नै हस्तान्तरण गर्ने उनको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा लगानी गर्नुपर्ने नियमले धेरैले मिलेर बनाउन सक्ने अस्था रहेको उनको भनाइ छ । यसको नेतृत्व कसले लिने भन्ने हो, त्यसको लागि आफूहरू तयार रहेको दाहालले बताए । ‘सञ्चालनको मोडालिटीलगायत स्पष्ट खाका लिएर छिट्टै तिनै तहको सरकारमा जाने तयारी गरिएको छ’ उनले भने । 
 
सेन्टरमा ३ हजार मानिसका लागि आवासीय सुविधा हुनेछ र यो अन्तर्रा्ष्ट्रिय मापदण्डको बन्नेछ । हरेक प्रदेशको सेन्टरले वार्षिक ३ हजार मेकानिक्स र ३ हजार कमर्सियल सवारी चालक उत्पादन गर्नेछ । यो योजनाले देशमा जनशक्ति विकासमा निकै सहयोगी बन्ने देखिन्छ ।
कारोवार दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
251.   'जिल्लातहमा तालिम संचालनको अनुमति दिनु राहदानी संकलन केन्द्र बनाउनु हो'
252.   नविल बैंकले माग्यो ११० जना फ्रेस स्टाफ, १० जना म्यानेजमेन्ट ट्रेनी र १०० जना ट्रेनी एसिस्टेन्ट
253.   कोरिया रोजगारीका नाममा ठग्दै लामा
254.   निजामती अस्पतालले माग्यो ८३ कर्मचारी (सुचनासहित)
255.   नेपाली सेनामा जागिर खुल्यो (सुचनासहित)
256.   अफगानिस्तान रोजगारीमा लागेको प्रतिबन्ध खुल्यो
257.   नेपाल एयरलाइन्समा जागिर खुल्यो, अधिकृतदेखि सहायकसम्म ५३ जना माग
258.   कतारमा आप्रवासी कामदार सम्बन्धी कानुन खुकुलो बन्दै
259.   मानव तस्कर विरुद्ध लड्न कतारद्धारा समिति गठन
260.   साउदीले भिसा शुल्कमा भारि वृद्धि ल्यायो,नेपाली प्रभावित हुने
261.   कोरिया रोजगारीका नाममा ठगी गर्दै हिडेका श्रेष्ठ पक्राउ
262.   फ्री भिसा र फ्री टिकट कार्यान्वयन भएन
263.   ‘सचिवज्यू ! कन्फ्युजनमा पार्न खोज्नेबाट जोगिएर काम गर्नुहोला’
264.   सफ्टवेयर लागू गर्न श्रमसचिवको अग्रसरता
265.   श्रममन्त्री र सचिवकै अगाडि व्यवसायी र सह–सचिवबीच चर्काचर्कि (भिडियोसहित)
266.   व्यवसायीले श्रममन्त्रीसँग निर्णायक वार्ता गर्दै
267.   मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक
268.   मलेसिया जानेले १८ हजार फाल्तु तिर्दै, सरकार भन्छ फ्री भिषा र फ्री टिकट
269.   राष्ट्रिय वाणिज्य बैंकमा २४९ कर्मचारी माग (सुचनासहित)
270.   काठमाडौं महानगरपालिकामा जागिर खुल्यो (सुचनासहित)
271.   कोरिया र इजरायलमा पनि फ्री भिसा फ्री टिकट लागू गर्न प्रस्ताव
272.   यूएइका सुरक्षा गार्डको समस्या समाधान, काममा नै फर्कने
273.   वैदेशिक रोजगारसम्बन्धि उजुरीलाई फास्ट ट्रयाकबाट सम्बोधन गरिने
274.   सुरक्षा गार्डको श्रम स्वीकृति बन्द गर्न निर्देशन
275.   गैरेको अध्यक्षतामा फोरममा निर्विरोध नयाँ कार्यसमिति
Results 555: You are at page 11 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media