संसदीय छानविन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै

news-details

नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछाने देश र संविधानभन्दा माथि नभएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने माग कायमै राखेको छ ।

मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूले संसदीय छानविन समितिको माग दोहोर्याएको उल्लेख गर्दै सरकारले अगामी बजेट अधिवेशनमा प्रस्तुत हुँदा सहकारीमा लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरेको विषयमा गृहमन्त्री संलग्नताबारे छानविन समिति बनाएर आउने कुरामा विश्वास लिएको बताए ।

उनले भने, ‘आजको बैठकमा पनि हामीले संसदीय छानबिन समिति बनाउने माग दाहोर्याएका छौं । सरकारले आउँदो बर्खे अधिवेशनमा सरकार प्रस्तुत हुँदा संसदीय समिति बनाउन तयार भएर आउनेमा विश्वास छ । गृहमन्त्रीजीलाई शंकाको सुविधा दिएका छौँ । राजीनामा मागेका छैनौँ । प्रश्न उठेपछि छानबिन हुनुपर्छ । सरकारले संसदीय छानबिन समिति बनाउँछ भन्नेमा विश्वास छ ।’

कोही मानिस संविधान, देशको कानुनभन्दा माथि छ ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *