चौथो खेलमा नेपाल २८ रनले पराजित, एक खेल अगावै शृंखला वेस्ट इन्डिज ‘ए’लाई

news-details

वेस्ट इन्डिज ‘ए’ले नेपालविरुद्ध जारी ५ खेलको टी-२० शृंखला जित्ने निश्चित गरेको छ । चौथो खेलमा बिहीबार २८ रनको जित हात पार्दै वेस्ट इन्डिज ए शृंखला जित्न सफल भयो ।

पहिलो खेल हारेको वेस्ट इन्डिज ‘ए’ले त्यसपछि लगातार तीन खेल जितेर अन्तिम खेल बाँकी रहँदै शृंखला जित्ने पक्का गरेको हो । वेस्ट इन्डिज एले चौथो खेलमा २१० रनको विशाल लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८१ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन जोडे । दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।

शृंखलाअन्तर्गत अन्तिम खेल शनिबार हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *