अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी

news-details

नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो ।

१७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे ।

नेपालका ओपनर आसिफ शेखले ३५ बलमा ५१ रन बनाउँदै आउट भए । अर्का ओपनर ओपनर कुशल भुर्तेललाई १३ रनमा नेपालले गुमाएको थियो । तेस्रो नम्बरमा आएका अनिल शाहले ४५ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए ।

ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

वेष्टइण्डिज ए का एलिक एथानाजेले सर्वाधिक ४२ रन बनाए । कप्तान रोश्टन चेशले ३३, जोनसन चाल्र्स २४, कदिम एलियन र मार्क दयालले ११-११ रनमा आउट भए । म्याथ्फु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।

तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर सागर ढकालले ३-३ विकेट लिए । यस्तै अभिनाश बोहराले १ विकेट लिए ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *