"व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन तथा उपयोगलाई प्रभावकारी बनाऔ" भन्ने नारा सहित नेपालमा पनि आज बाट आगामी एक साता भरि बिबिध कार्यक्रम गरेर १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह मनाईदैछ ।
आज बिहान बसन्तपुरबाट प्रभातफेरीको आयोजना गरि औपचारिक रुपमा सप्ताहको सुरुवात श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले गरे ।
बसन्तपुर क्षेत्रबाट सुरु भएको प्रभातफेरी न्युरोड गेट, रत्नपार्क, पुरानो बसपार्क,भद्रकाली,सहिद गेट हुँदै टुँडिखेलमा गएर समापन भएको थियो ।