इजरायलमा मारिएका ६ जनाको शव घर पु-याउन लाग्ने खर्च सरकारले व्यहोर्ने

यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय
news-details

सरकारले प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी मृत्यु भएका ६ जना नेपाली विद्यार्थीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको खर्च व्यहोर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारले गृह मन्त्रालयको प्रस्तावमा जम्मा लागेको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी दिने निर्णय गरेको सूचना तथा संचार प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘इजरायल घट्नामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पु¥याउँदा लागेको कुल खर्चै रु.२८,३६,८३४ सम्बन्धि पक्षलाई भुक्तानि गर्ने भन्ने बैठकले निर्णय गरेको छ ।’

प्रहरी अतिरिक्त महानिरीक्षकहरू टेक प्रसाद राईलाई प्रशासन विभागमा र श्री सुदिप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने पनि निर्णय गरेको उनले जानकारी दिईन् ।

यस्ता छन् निर्णयहरू:

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *