विहिवार, जेष्ठ १० गते, २०७५
शनिवार, २०७४ माघ २६ गते ०५:१३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।  प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । 
 
यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।  निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो ।  बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । 
 
समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए ।  “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने । 
 
समितिको उपाध्यक्ष रहेका नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  “प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्दा भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको छ”, उनले भने । 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए ।  “प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनःनिर्माणमा चुनौती थपिए पनि तिनको सम्बोधन गर्दै निजी आवास पुनःनिर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको छ”, उनले भने । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए । 
 
समितिका सदस्य तारानिधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए ।  बैठकमा समिति सदस्य किशोर थापा, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर र कृष्णप्रसाद दवाडीलगायतले पुनःनिर्माण छिटो गर्ने विषयमा विचार व्यक्त गरे । 
-
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
151.   प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा
152.   कर्मचारीबाट खोसेर अध्यागमन प्रहरीलाई जिम्मा लगाउने तयारी
153.   अधिकारकर्मी प्याकुरेललाई अमेरिकामा ‘हिरो अवार्ड’
154.   संखुवासभालाई दुई निर्वाचन क्षेत्र नै निर्धारण गर्न माग
155.   आज हरितालिका तीज, शिवालयहरुमा बिहानैदेखि महिलाहरुको भीड
156.   नेपालसँग हवाईसम्झौता गर्न अष्ट्रेलिया सकारात्मक
157.   बाढी पीडितलाई सहयोग गर्न बेलायत तयार : राजदूत मोरिस
158.   मनकामनामा अतिथी गृह बनाउँदै संखुवासभा समाज अमेरिका
159.   ईण्डोनेशियाको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा बाणिज्यदूत ढकालद्धारा झण्डोलोत्तन
160.   पेट्रोलपम्पमा उपभोक्ताको लाइन, केही दिनमा सहज हुने
161.   बाढीपहिरोमा परी ३५ जनाको मृत्यु, बिजुली पनि छैन
162.   दिवङ्गत भएकाको सम्झनामा आज गाईजात्रा पर्व मनाइँदै
163.   ५ लाख पर्ने यूएमका दुई बाइक नेपाली बजारमा
164.   पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी
165.   सञ्चारसम्बन्धी समस्याको समाधानमा पहल गर्छु : मन्त्री बस्नेत
166.   पाकिस्तानी प्रधानमन्त्री सरीफ अदालतबाट अयोग्य ठहर
167.   नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै
168.   ढोकामा भोटे ताल्चा लगाएर होइन,ढोका खोलेर एकताको कुरा गर्नुस ओलीजी : प्रचण्ड
169.   राहदानी बिभागलाई आइएसओ प्रमाणपत्र
170.   कतारमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
171.   विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्छ : मन्त्री मनसुर
172.   एक वर्षमा ५० हजार विद्यार्थी बिदेशतिर
173.   एसईईमा उत्तिर्ण छात्रछात्रालाई होटल व्यवसायी संघको सम्मान
174.   ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ उपाधि जितेबापत कतार एयरवेजद्वारा छुटको घोषणा
175.   होटलहरुले प्रतिग्राहक ३ सय डलरसम्म साट्न पाउने
Results 707: You are at page 7 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media