आइतवार, असार १० गते, २०७५
२२ गतेदेखि मेनपावर ठप्प हुने
मंगलवार, २०७२ फाल्गुन १८ गते १७:५१

 
रोजगारमञ्च/ पछिल्लो समय १७ वटा मेनपावर कम्पनीमा छापा मारी नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको भन्दै मेनपावर नै बन्द गरी विरोधमा उत्रिएका मेनपावर व्यवसायीहरुसँगको भेटमा श्रम तथा रोजगार मन्त्री दिपक बोहोराले सरकार वैदेशिक रोजगार व्यवसायको क्षेत्र मर्यादित तथा व्यवस्थित बनाउदै यसको  संरक्षण तथा हितमा गम्भिर रहेको बताएका छन् ।

ज्ञापनपत्र बुझाउन मंगलबार श्रम तथा रोजगार मन्त्रालय पुगेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधीसँग बोल्दै मन्त्री बोहोराले नेपाल सरकारसँग लाइसेन्स लिएर काम गरिरहेका व्यवसायीहरुको रक्षा गर्न श्रम मन्त्रालय प्रतिवद्ध रहेको जनाए । उनले भने–‘अनुसन्धान गर्ने अधिकार पाएका निकायले छानविन गर्दैमा व्यवसायीहरु आत्तिनु पर्दैन, कारबाही हुदैमा दोषी होइदैन ।’

इमान्दारीपूर्वक काम गर्ने व्यवसायीको पक्षमा श्रम मन्त्रालय रहेको बताउदै मन्त्री बोहोराले कानुनको परिधिमा रहेर कुनै पनि निकायले छानविन गर्नु गलत नभएको बताएका छन् । ‘कानुनको परिधिमा रहेर छानविन गर्ने अधिकार जुनजुन निकायलाई दिइएको छ त्यसलाई ओभरटेक गर्ने अधिकार श्रम मन्त्रालयलाई छैन यसलाई व्यवसायीहरुले सामान्य रुपमा लिनुपर्छ ।’

वैदेशिक रोजगार व्यवसायीहरुले लाइसेन्सनै बुझाएर वैदेशिक रोजगार व्यवसाय ठप्प बनाउने बताइरहँदा श्रम तथा रोजगार मन्त्रालयले भने ब्यवसाय बन्द गर्ने पक्षमा नरहेको बरु रक्षा गर्ने मन्त्री बोहोराले स्पष्ट पारेका छन् । उनले मुलुकमा रोजगारीको अवसर सिर्जना नहुँदासम्म वैदेशिक रोजगारीको विकल्प नरहेको बताउदै श्रम मन्त्रालय वैदेशिक रोजगारको क्षेत्र शुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै लैजान प्रतिवद्ध रहेको बताए ।

मन्त्री बोहोराले भने ‘व्यवसायी तथा कामदारलाई सहज बनाउदै यो व्यवसाय र व्यवसायीको रक्षामा हामी गम्भिर छौ ।’ कारवाहीमा परेका व्यवसायीहरुको बारेमा पनि बोल्दै मन्त्री बोहोराले केहि व्यवसायी छुटिसकेका र बाँकि व्यवसायीका बारेमा मन्त्रालयले प्रहरीसँग छलफल गरी भोलिसम्म नै टुंगो लगाउने बताए ।  



मन्त्री बोहोरालाई ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष बिमल ढकालले चौतर्फी आक्रमणका कारण व्यवसाय संचालन गर्न नसक्ने अवस्था आएको बताउँदै मन्त्रालयले यो विषयलाई गम्भीरतापूर्वक लिनु पर्ने जनाए ।

गत हप्ता नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले १७ वटा मेनपावर कम्पनीमा छापा मारेर त्यहाँ रहेका पासपोर्ट, कम्प्युटर, दैनिक कारोबार सञ्चालनका फाइलसहित सञ्चालक र कर्मचारी पक्राउ गरेपछि व्यवसायीहरु आफ्नो कार्यालय नै बन्द गरेर आन्दोलित भएका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राज्य आतंकका कारण व्यवसाय संचालन गर्न नसकिने भन्दै फागुन २२ देखि वैदेशिक रोजगार पूर्णरुपमा बन्द गर्ने व्यवसायी भेलाबाट घोषणा गरिसकेका छन । संघकै निर्देशन अनुसार व्यवसायीहरुले आफ्ना ईजाजतपत्रका सक्कलप्रति संघमा बुझाएका छन् जसलाई संघले श्रम तथा रोजगार मन्त्रालयमा बुझाउने बताएको छ ।



संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगार ऐन २०६४ ले व्यवसायीहरुलाई अनुगमन र कारवाही गर्ने प्रष्ट अख्तियारी श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभागलाई दिएको उल्लेख गर्दै नेपाल प्रहरीको उपत्यका अपराध महाशाखालेकानून हातमा लिएर राज्य आतंक मच्चाएका आरोप लगाए । अध्यक्ष ढकालले अहिले कै अवस्थामा व्यवसाय गर्ने वातावरण समाप्त भएको बताएका छन ।

यता महानगरीय अपराध अनुसन्धान शाखाका प्रमुख सर्वेन्द्र खनालले पीडितको उजुरीको आधारमा प्रहरीको टोलीले मेनपावरमा छापा मारेको जनाएका छन् । वैदेशिक रोजगारीमा पठाउँदा बढी पैसा लिएको, सम्झौता अनुसारको काममा नलगाएको, श्रम शोषण गरी मानव बेचविखन गरेको, भिजिट भिसामा कामदार पठाएर विदेशमा अलपत्र पार्ने तथा नक्कली कागजात बनाई विदेश पठाउने गरेको उजुरीको आधारमा मेनपावर सञ्चालक पक्राउ गरेको प्रहरीको भनाई छ ।

को को परे पक्राउ ? को को छुटे ?

मेनपावर कम्पनीमा छापामारी पक्राउ गरिएका मेनपावर व्यवसायीलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरका साथै वैदेशिक रोजगार विभागमा पठाएको छ । प्रहरीले १७ मेनपावरमा छापा मारेर १२ जनालाई पक्रिएको थियो ।  

पक्राउ पर्नेमा भेरी एण्ड कर्णाली ईन्टरनेशनलका कल्पना रावत, द रिभर ओभरसिजका रघुनाथ पुरी, कावेली ह्युमन रिर्सोसका नवराज चौलागाईं, मोभिरा एचआरका अनिल राई, गोरखा नेपाल प्लेसमेन्टका दिनेश श्रेष्ठ र नेपाल रिक्रुटिङ्ग सर्भिसेजका शोभा कार्कीलाई महानगरीय परिसर काठमाडौमा पठाइएको छ ।  ईनोभेटिभ ह्युमन रिर्सोसका युवराज राई र कञ्चन राई गुरुङलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको थियो  ।

त्यसै गरी, पक्राउ परेकामा लाईफलाईन ओभरसिजका यामबहादुर बुढाथोकी, सन्ना ईन्टरनेशनलका महमद मुस्ताक, अल सेक्युर मेनपावर रिक्र्युमेन्टका दिलकुमार श्रेष्ठ र शिखर ईन्टरनेशनल मेनपावर सर्भिसेजका अनुराज प्रधानलाई भने सोही दिन नै थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइ केही अनुसन्धान गरेर धरौटीमा रिहा गरिएको थियो ।

पक्राउ परेका मध्ये रावत, पुरी,चौलागाई, राई, श्रेष्ठ र कार्कीलाई प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौले अनुुसन्धानका लागि १० दिन म्याद थप गरी महानगरीय प्रहरी प्रभाग अनामनगरको हिरासतमा राखिएको छ । यता ईनोभेटिभ ह्युमन रिर्सोसका राई र गुरुङलाई भने प्रहरीले रिहा गरिसकेको छ ।

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
2.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
3.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
4.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
5.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
6.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
7.   एनआरएन यूएईको आयोजनामा इफ्तार
8.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
9.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
10.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
11.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
12.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
13.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
14.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
15.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
16.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
17.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
18.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
19.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
20.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
21.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
22.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
23.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
24.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
25.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
Results 567: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media