विहिवार, फाल्गुन १० गते, २०७४
सोमवार, २०७२ पुस २७ गते २२:१४

 
२५४ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चियापान समारोहको आयोजना गरी भव्यरुपमा मनाएको छ । राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाको प्रमुख आतिथ्यता सम्पन्न सो कार्यक्रममा आधुनिक नेपालका निर्माता तथा एकताका प्रतिक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको बारेमा चर्चा गरिएको थियो ।  
 
नेपाल पुलिस क्लबमा आयोजित सो चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री सिपि मैनाली, भिम रावल, कानुन मन्त्री अग्नी खरेल, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेता रामचन्द्र पौडेल, नरहरी आचार्य, राप्रपा नेता पशुपती शम्शेर जवरा, मुख्य सचिव सोमलाल सुवेदी, राप्रपा नेपालका मन्त्री तथा सभाषदहरुलगायतको उपस्थिती रहेको थियो ।


 
साथै कायक्रममा विभिन्न मुलुकका राजदुतहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, एनआरएन उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा, एनआरएनए आइसिसि सदस्य आरके शर्मा, शसस्त्र प्रहरी प्रमुख दुर्जकुमार राई, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरु, आइएमई समूहका कार्यकारी अध्यक्ष चन्द्र ढकाल, प्रभु समूहका अध्यक्ष देबीप्रकाश भट्टचन, वैदेशिक रोजगार व्यवसायीहरु, कलाकार, विभिन्न पेशा व्यवसायका व्यक्तित्वहरु लगायतको पनि सहभागिता रहेको थियो ।


 
‘विश्वको भुगोलमा नेपालको मानचित्र कोर्दै नेपालीबीच आपसी एकता कायम गराउने महान व्यक्तित्व पृथ्वीनारायण शाह सम्पूर्ण नेपालीका साझा पिताकारुपमा स्थापित छन् ।’ मुलुक विखण्डनको बाटोमा पुर्याउन खोजिएकोप्रति इंकित गर्दै राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले भने ‘जोडिएको भुगोल र आत्मियतालाई कसैले टुक्राउन सक्दैन र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकता अभियान आज सवै नेपालीले आत्मसाथ गर्ने बेला आएको छ ।’
 
कार्यक्रम संयोजक तथा राप्रपा नेपालकी सभाषद कमला शर्माले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशलाई सरकारले वेवास्था गरेकोप्रति रोष प्रकट गर्दै आम नेपालीले यो दिनलाई कहिल्यै नभुल्ने बताइन ।  

 
 
   



 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   नेपाल चीन जोड्ने रेल योजनाको खाका तयार
2.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
3.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
4.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
5.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
6.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
7.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
8.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
9.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
10.   निगमको संरचना परिवर्तन गरिँदै
11.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
12.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
13.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
14.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
15.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
16.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
17.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
18.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
19.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
20.   जापानले ३२ करोड आर्थिक साहयता दिने
21.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
22.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
23.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
24.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
25.   सुरक्षित घर अभियान सुरु
Results 654: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media