एनआरएनए मलेसियाको अध्यक्षमा थापा, उपाध्यक्ष र आइसीसी सदस्यवाहेक निर्विरोध कार्यसमिति चयन

news-details

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मलेसियामा विनोद वहादुर थापाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ ।

सन २०२१ देखि २०२३ सम्मको कार्यकालका लागी उपाध्यक्ष र आइसीसी सदस्यवाहेक सबै पद निर्विरोध चयन भएको हो ।

जसअनुसार महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी, कोषाध्यक्षमा कृष्ण नेपाल र युवा संयोजकमा अरुण गिरि तथा सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध चयन भएका छन ।

आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा पनि सहमतिको प्रसास भैरहेको एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले जानकारी दिएका छन ।

मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *