भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ सफल बनाउन एनआरएनए उपमहासचिव तथा समाजसेवी प्रविन गुरुङलाई मूल समारोह समितिको सदस्यका रुपमा मनोनित गरेको छ ।

पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन गर्ने उद्धेश्यले निजी क्षेत्रको सहकार्यमा भरतपुर महानगरले गर्न लागेको वृहत अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ सफल बनाउन एनआरएनए उपमहासचिव गुरुङलगायतको मूल समारोह समिति बनाएको हो ।

महानगरले गुरुङलाई सदस्यमा मनोनित भएकोमा बधाइ दिँदै उक्त अभियान सफल बनाउन रचानात्मक सहयोगको अपेक्षा गरेको जनाएको छ ।

एनआरएन गुरुङ भरतपुर ‘भ्रमण वर्ष २०२४’को मूल समारोह समितिको सदस्य मनोनित

गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगाएतका दर्जनौ सामाजिक कार्य गर्दै आइरहेका छन् ।

गुरुङले एनआरएनएले सुरूवात गरेको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तै, बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारविहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा आफै उपस्थित भएर ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्था गरेका थिए ।

बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिमा राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका मनकारी व्यक्तिहरुको सहयोगमा १५० भन्दा बढी घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी वासस्थानको व्यवस्था गर्नेलगायत विविध मानवीय कार्यमा अग्रसरता देखाएका थिए ।

सामाजिक काम गरेर दर्जनौ पुरस्कार तथा सम्मान ग्रहण गरिसकेका गुरुङ स्वदेश तथा विदेशमा सम्मानित भएका छन् ।