एनआरएन सोसल क्लब ओमानले ‘नेपाली नयाँ बर्ष उत्सव’ गर्दै, चर्चित कलाकार गजुरेल, सपुत र दुलाललाई मस्कट उतार्दै

news-details

ओमानमा बैधानिक रुपमा दर्ता भएको गैरआवासीय नेपाली सोसल क्लब ओमानले नयाँ बर्ष २०८१ लाई ओमानमा विशेषगरी पनि स्वागत गर्ने भएको छ । ‘नेपाली नयाँ बर्ष २०८१ उत्सव’ सांगितिक कार्यक्रम आयोजना गरेर नयाँ बर्षलाई स्वागत गर्न लागेको हो ।

ओमानवासीका लागि नेपाली नयाँ बर्ष बिषेश बनाउने उदेश्य अनुसार कार्यक्रममा नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल, गायक प्रकाश सपुत, गायिका सुनिता दुलाल र नृत्यङ्गना अस्मिता राना मगरलाई ओमान उतार्ने एनआरएन सोसियल क्लबले जानकारी दिएको छ ।

१२ अप्रिल २०२४, शुक्रबारका दिन अयोजना हुन गइरहेको कार्यक्रममा ओमानवासी नेपालीहरुलाई सहभागी भएर कार्यक्रमलाई सफल बनाउन क्लवले आह्वान गरेको छ । कार्यक्रम अल मक्रिम हल, मबेला, केन्द्रिय फलफुल तथा तरकारी मण्डीको नजिकै हुने र कार्यक्रमको प्रवेश शुल्क ओमानी रियाल ५ रहेको जनाइएको छ । आयोजकले कार्यक्रममा खानाको व्यवस्था समेत गरेको जानकारी दिएका छन् ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेका जानकारी दिदै क्लबका महासचिव सुसन श्रेष्ठले कार्यक्रमको उदेश्य नेपाली नयाँ बर्ष मनाउनुका साथै क्लवको राहत तथा उद्धार कोष बृद्धिको लागि पनि रहेको बताए । श्रेष्ठका अनुसार यस कार्यक्रमको सम्पूर्ण बचत क्लवको राहत तथा उद्धार कोषमा जानेछ ।

ओमानमा रहेका नेपाली संघसंस्थाहरुको सरसल्लाह अनुसार नै सोसियल क्लवले नयाँ बर्षको कार्यक्रम आयोजना गरेको जानकारी क्लवका अध्यक्ष बिकल झाले दिए । उनले भने–‘ ओमानवासी नेपालीबीच एकताको सन्देश दिनुको साथै उद्धार, राहत, परोपकारी र चेतनामुलक कार्यक्रम अझ प्रभावकारी बनाउन सबै मिलेर कार्यक्रम सफल बनाऔं ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *