तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु
- मंसिर २८, २०७७
- 0

तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।
स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा घटना भएको हो ।
घटनामा परेर सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी ८ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो ।
हिजो दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लागिएको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्रीको दोष छैन् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको बताएका छन् […]
पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन

पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। ७१ वर्षीय नेपालको आज नर्भिक अस्पतालमा निधन भएको हो । नेपाल […]
कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो : योगेश भट्टराई

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई मुटुमै गोली लागेको […]
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्नेमा […]
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने

गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ दिने भएका […]