लामो समय प्रहरी प्रशासनमा जागिर खाएर भर्खरै मात्र अतिरिक्त महानिरीक्षक (एआइजी)बाट अवकाश लिनु भएका भीम ढकालको हिजोआज झन सक्रियता बढेको छ । उहाँ अहिले गाउँगाउँ पुगेर युवायुवतीलाई आइटीसम्बन्धी जानकारी दिदै जागरण अभियानमा जुट्नु भएको छ ।

विद्यार्थी र युवायुवतीहरूका लागि आइटी प्रशिक्षण, इन्टर्नसीप र रोजगारीका अवसरका लागि भोजपुरका गाउँ–गाउँमा आईटी अभियान सुरु गर्नु भएको छ ।

भोजपुर चरम्बीमा जन्मनु भएका ढकाल आफ्नो जिल्ला फर्किएर आइटी अभियान चलाउनु भएको छ । ढकालको अगुवाइमा माघ २२ गते भोजपूरको अरुण गाउँपालिकाबाट यो अभियान सुरु गरिएको छ ।

प्रहरीबाट अवकाशपछि ढकालको झन बढ्यो सक्रियता, ‘गाउँ–गाउँमा आइटी अभियान’ चलाउँदै

दिनहुँ हजारौँ युवाहरु देश छाडेर बाहिरिदैँ गर्दा गाउँका युवाहरूलाई आइटीको प्रशिक्षण दिएर क्षमता वृद्वि गरी गाउँघरमै बसेर आइटी रोजगार सृजना गर्न स्थानिय सरकार, सुरक्षा निकाय र अन्य कार्यलयका काम कारवाहीलाई प्रविधिमैत्री बनाउन यो अभियान थालिएको पूर्व एआइजी ढकालको भनाई छ ।

यस अभियानलाई सिताराम पद्मकुमारी फाउन्डेशन र जेनिस सोलुसन प्रा. लि.ले प्राविधिक सहयोग गरेका छन् भने स्थानिय पालिकाले प्रशिक्षण संचालनमा सहयोग गरेको छ ।

जेनिस सोलुसनका प्रमुख अन्जनी फुयाँलका अनुसार गाउँमा रहेका युवालाई शुरुमा आइटी प्रशिक्षण दिइने, त्यसपछि प्रशिक्षणमा उत्कृष्ट हुने ५० प्रतिशतलाई इन्टनसिप गराइने र इन्टर्नसिप राम्रो गर्नेहरुलाई रोजगारी उपलब्ध गराइनेछ ।

उक्त प्रशिक्षण भोजपुरका गाउँगाउँमा विस्तार गरिने जनाइएको छ । माघ २३ गते अरुण गाउँपालिकामा आइटी इनोभेशन सेन्टरको उद्घाटन पालिका अध्यक्ष शालिकराम खत्री र पुर्व एआइजी ढकालले संयुक्त रुपमा गर्नुभएको थियो ।

त्यसैगरी गत माघ २३ गते भोजपुरको पौवा दुङमा पालिकामा पनि आइटी अभियान सम्पन्न भएको छ । सो क्रममा पालिकाका उपाध्यक्ष ज्योत्सना राईले अभियानबाट गाउँमा युवाहरुले रोजगार पाउने अवसर प्राप्त हुने बताइन् ।

एकै पालिकामा शुरुमा २०–२० जनाको दरले प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ ।

प्रहरीबाट अवकाशपछि ढकालको झन बढ्यो सक्रियता, ‘गाउँ–गाउँमा आइटी अभियान’ चलाउँदै
प्रहरीबाट अवकाशपछि ढकालको झन बढ्यो सक्रियता, ‘गाउँ–गाउँमा आइटी अभियान’ चलाउँदै
प्रहरीबाट अवकाशपछि ढकालको झन बढ्यो सक्रियता, ‘गाउँ–गाउँमा आइटी अभियान’ चलाउँदै