सोलुखुम्बुमा बर्थिङ सेन्टर बनाउन सेभेन समिट फाउन्डेशनको ४० लाख सहयोग

news-details

सेभेन समिट फाउन्डेशनले सोलुखुम्बुको सोलु–दुधकुण्ड नगरपालिकास्थित टापटिङमा बर्थिङ सेन्टर निर्माणको लागि ४० लाख सहयोग गर्ने भएको छ ।

यसअघि फाउन्डेसनले सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरे पनि सरकारी निर्णयअनुसार गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स खरिद गर्न पाउँने भएपछि सेभेन समिटिले यसअघिको रकम थपेर बर्थिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको हो ।

बर्थिङ सेन्टर निर्माणका लागि फाउन्डेसनका अध्यक्ष एसी शेर्पा र अस्पतालका संचालक लाक्पा शेर्पाबीच सो समझदारी भएको हो । अस्पतालको तर्फबाट लाक्पा शेर्पाले पैसा हस्तान्तरण भइसकेकाले अस्पतालमा ल्याव सामाग्री बनाईदिन वा प्रसृति गृह निर्माणमा सहयोग गरिदिन प्रस्ताव राख्नु भएको थियो ।

सो प्रस्तावमा फाउन्डेसनका अध्यक्ष शेर्पाले प्रसृति गृह निर्माणमा यसअघि हस्तान्तरण भएको रकमलाई थपेर ४० लाख सहयोग गर्ने निर्णय गराउनु भएको हो । यसअघि पनि वाङछु अस्पतालले एम्बुलेन्स बनाउन राखेको प्रस्तावको केहि महिनामै सेभेन समिटले १२ लाख रकम संकलन गर्न सफल भएको थियो ।

फाउन्डेसनका अध्यक्ष शेर्पाले दुर्गम क्षेत्रमा प्रसृति गृहको अभावमा महिलाहरु खेती पाती गर्दा गर्दै बच्चा जन्माउने र धेरैको पाठेघर खस्ने जस्ता समस्या देखिएकाले सहयोग गरिएको बताउनु भयो ।

सेभेन समिट फाउन्डेशनले नेपालमा शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । फाउन्डेसनका अध्यक्ष शेर्पा अमेरिकाका लागि नेपाली महावाणिज्यदुत हुनुुहन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *