रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने
- बैशाख २३, २०८२
- 0
गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ दिने भएका छन् ।
रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदले सदन अवरोध गरेपछि गृहमन्त्रीले बैशाख २५ गते जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई सुनाए ।
त्यसअघि दुई पार्टीका सांसदहरुको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
तर, उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले सरकारको जवाफ आउनुपर्ने भन्दै निरन्तर विरोध जनाएपछि गृहमन्त्रीले वैशाख २५ गते जवाफ दिने मौखिक जानकारी संसद सचिवालयका सदस्यलाई गराएका थिए । गृहमन्त्रीको जवाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरू बसेका थिए ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




