मानव अधिकार शिक्षा बाड्दै गुणराज

news-details

जन्मथलो काभ्रे भए पनि हाल काठमाडौंको पुरानो वानेश्वरमा बस्दै आएका गुणराज प्याकुरेल सन् २००७ मा यूके नगएको भए सायद अहिले मानव अधिकारको शिक्षामा सक्रिय हुँदैन थिए । १३ वर्षको उमेरदेखि नै स्काउटमा आबद्ध उनी स्काउटको विश्व ज्याम्वोरिमा बेलायत पुगेपछि त्यहीँ मानव अधिकार शिक्षाको विषयमा थाहा पाए ।

बेलायतबाट नेपाल फर्कनासाथ उनले आफ्ना नजिकका केही साथीहरुसँग सहकार्य गर्दै युथ फोरम ह्युमन राइट्स नामक संस्था स्थापना गरे । उनी अहिले यो संस्थाको नेपाल अध्यक्ष छन् । यो संस्था २०११ सालदेखि नेपालमा सक्रिय छ । यसको हाल ३६ वटा जिल्लामा शाखा विस्तार भइसकेको छ । यो शाखा पूर्वको झापादेखि सिन्धुपाल्चोकसम्म जोडिएको छ ।

‘हामी सबै उमेरका व्यक्तिहरुलाई मानव अधिकार शिक्षा दिइरहेका छौं । वार्षिक रुपमा झण्डै १२ हजार व्यक्तिहरु लाई प्रशिक्षण गरिरहेका छौं । हामी उनीहरुलाई मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रका ३० वटा बुँदाबारे प्रशिक्षण दिन्छौं’, उनी भन्छन् ।

उनका अनुसार विद्यालय, कलेज र सशस्त्र प्रहरी बलका जवानहरुलाई मानवअधिकार सम्बन्धी कानूनबारे प्रशिक्षण दिइन्छ । यसमा अडियो र भिजुअल प्रविधि पनि अपनाइन्छ ।

मानव अधिकार क्षेत्रमा आउनु अघि उनले पाँच वर्ष एनआइडीसी क्यापिटल मार्केटमा जागिर खाए । उनी केही फरक काम गर्न चाहन्थे, जसकारण बैंकको जागिर छोडे ।

गुणराजका अनुसार उनको संस्थामा तीनवटा समूह छ । जसले आफ्नो क्षेत्रमा मानवअधिकार शिक्षाको विषयमा काम गरिरहेको छ । उनले मानव अधिकार शिक्षाकै विषय तथा विपत व्यवस्थापनको काम गरेर बेल्जियम, स्वीटजरल्याण्ड, बंगलादेश, भारत, श्रीलंका, अमेरिका र ताईवान्जस्ता मुलुक घुमिसकेका छन् ।

उनको संस्थाले राष्ट्रिय मानव अधिकार आयोगसँग सहकार्य गर्दै काम गरिरहेको छ । प्याकुरेल लाई मानव अधिकार र दैवीप्रकोपमा कार्य गरेकोमा २०१४,२०१५,२०१७ मा युथ फोरम ह्युमन राइट्स ईन्टरनेश्नलले हिरो एवार्ड प्रदान गरेको छ भने नेपाल स्काउटबाट विपद उद्धार पदक २०७३ र कोभिड -१९ नियन्त्रण सेवा पदक २०७७, युनिभर्सल तामिल युनिभर्सिटीले विधावारिधि प्रदान गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *