खाडि तथा मलेसियाका एनआरएन ‘भोट बैंक’ मात्र होइनन, यसकारण आरके शर्मा संस्था हाक्न काबिल छन !

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औ महाधिवेशन तथा विश्वसम्मेलन सुरु भैसकेको छ । संघले यसै वर्ष स्थापनाको २० औं वर्ष पनि धुमधामसँग मनायो । तर एउटै अनुत्तरित प्रश्न सन् २००३ मा रुसबाट सुरु भएको यो अभियानले विश्वका ८६ देशमा आफ्नो राष्ट्रिय समन्वय परिषद (एनसीसी) विस्तार गरिसक्दा पनि रुस पछि दोश्रो एनसीसी स्थापना गर्ने खाडी सधै उपेक्षामा छ ।

स्थापना कालकै उपाध्यक्ष देवकाजी डंगोलले नेतृत्वको अवसर पाएनन । यसपछि उपाध्यक्ष भएका सागर नेपाल, रामेश्वर शाहलगायतले नेतृत्वको आट गर्दा आडभरोसा नपाएपछि पछाडि फर्कनु पर्यो । बल्ल बल्ल आट गरेर प्रतिष्पर्धामा उत्रिएका टि.बी. कार्की उपबिजेतामै थन्किनु पर्यो । अहिले यही क्षेत्रबाट आरके शर्माले अध्यक्षमा बलियो दावेदारीसहित उम्मेदवारी दिएका छन, उनको अवस्था कस्तो हुने हो निर्वाचन पछि थाहा होला ।

वैदेशिक रोजगारी, शिक्षा र व्यवसाय विस्तारका कारण आज देशको झण्डै एक चौथाई जनसंख्या प्रवासमा छ । यी मध्ये अधिकांश नेपालीको हिस्सा खाडी र मलेसियामै छ । त्यहाँ श्रमिक मात्र होइन पछिल्लो समय व्यवसायी बनिरहेका नेपालीको संख्या पनि बढदो छ । तर, यी क्षेत्रमा रहेका नेपालीप्रति विकसीत तथा अमेरिका युरोपमा रहेकाहरुको धारणा फरक नै छ ।

विकसित देशमा रहेकाहरु नै संस्था हाक्न काबिल हुन्छन भन्ने गलत मानसिकताले आजसम्म काम गरेको छ । सबैभन्दा बढी नेपाली रहेको खाडी तथा मलेसियाका काबिलहरु ती बिकसीत देशका भन्दा सक्षम र माथिल्लो अवस्थामा हुदा पनि अवसरबाट बञ्चित हुन बन्न बाध्य छन । जसले के एनआरएनए धनाड्यहरुको क्लब हो ? भन्ने प्रश्न उठन थालेको छ ।

जसका कारण विकसित देशमा रहेकाहरु नै संस्था हाक्न काबिल हुन्छन भन्ने गलत मानसिकताले आजसम्म काम गरेको छ । सबैभन्दा बढी नेपाली रहेको खाडी तथा मलेसियाका काबिलहरु ती बिकसीत देशका भन्दा सक्षम र माथिल्लो अवस्थामा हुदा पनि अवसरबाट बञ्चित हुन बन्न बाध्य छन । जसले के एनआरएनए धनाड्यहरुको क्लब हो ? भन्ने प्रश्न उठन थालेको छ ।

मिनिलियर्स क्लबको आरोप

एनआरएन अभियान जुन उदेश्यले सुरुवात भएको थियो त्यसको ठिक विपरित यसको नेतृत्व लिन धनाढ्य र बिकसीत मुलुककै हुनुपर्ने जस्तो दृष्टान्त स्थापित हुदै छ । हुन त अभियान सुरु गर्ने डा. महतो प्रवासमा रहने नेपालीहरुमा सबैभन्दा बढी सफल र धनाढयमध्येका हुन । तथापी महतोले जुन सपना जगाए र जन्माए अकाट्य २ कार्यकाल संस्था हाके ।

यसपछि नेतृत्वको जिम्मेवारीमा आएका जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त हुदै अहिलेका त्रिअध्यक्ष डा. बद्री केसी, कुल आचार्य र रविना थापासम्म आइपुग्दा यो सधै मिलिनियर्स र विकसित मुलुकमा बस्नेकै कब्जामा भएको भान हुन्छ ।

हुन त नेतृत्वका लागि योग्य व्यक्तित्व धनी पनि हुन सक्छ र विकसीत ठाउँकै हुन पनि सक्छ । तर, यो संयोग सधैव नहुन पनि सक्छ । अर्को कुरा खाडी तथा मलेसिया क्षेत्रलाई बढीमा उपाध्यक्ष पदमा थमाउने प्रयास पटक्कै सुहाउदो विषय हुदै होइन ।

खाडी क्षेत्र तथा मलेसियाप्रतिको यो सोचाई र विभेद केबल संयोग मात्र नहुन सक्छ । तर सबैभन्दा बढी नेपाली रहेका र देशमा रेमिट्यान्स भित्र्याउने यो क्षेत्र यस्तो संस्थाको नेतृत्वबाट बञ्चित गराइनु र गराउने प्रयत्न गर्नु एनआरएन अभियानकै दुर्भाग्य हो । होला, संयोगले अहिलेसम्म तत क्षेत्र र तत वर्ग नेतृत्वमा पुगे होला, के अब श्रमिक पनि नेतृत्वमा पुग्न सक्छन भन्ने देखाएर मिलिनिर्यश क्लबको दाग मेटने बेला होइन र यो ।

लिगेसी र धनाढ्यकै होडबाजीमा रुमल्लिन पुगेको एनआरएनएमा पछिल्लो समय राजनीति पनि घुसेपछि संस्थानै धराशायी बन्दै गैरहेको छ । झन अघिल्लो १० औ महाधिवेशनले त एनआरएनएको शाखलाई फेदैसम्म पुग्नेगरी गिराएको यर्थाथ सबैलाई छर्लङ्ग नै छ । संस्था टुक्रिनु त छदैछ, इतिहासमै विर्सनलायक ३ अध्यक्ष र जम्बो कार्यसमितिले संस्थाले आर्जेको सबै उपलब्धी छायामानै पार्ने काम ग¥यो ।

अहिले एनआरएनएको नेतृत्वका लागि वर्तमान कार्यसमितिका अध्यक्षद्धय डा. बद्री के.सी (रसिया) र रविना थापा (अमेरिका)सँगै उपाध्यक्षद्धय आरके शर्मा (कतार) र महेश श्रेष्ठ (जापान)ले उम्मेदवारी दर्ता गराएको अवस्था छ । एनआरएन अभियानमा पु¥याएको योगदान हेर्ने हो सबै प्रतिष्पर्धी संस्था हाक्न योग्य व्यक्तित्वहरु हुन ।

तथापी फुटको अवस्थामा गुज्रिएको संस्थामा एकता ल्याउन, मिलिनिर्यश क्लबको दाग मेटन तथा फरक क्षेत्र र वर्गलाई नेतृत्व दिएर सामान्य श्रमिक पनि यो संस्थाको नेतृत्व तहमा पुग्न सक्छ भन्ने नजिर बसाल्न पनि यसपटक मध्यपूर्वलाई नेतृत्व दिएर हेर्नुपर्ने धेरै एनआरएन अभियान्ताहरुको मत रहेको छ ।

श्रमिकका मुद्धा सधै ओझेलमा

एनआरएनएले स्थापनादेखि उठाउदै आएको नागरिकताको विषय सरकारले केहि हदसम्म पुरा गरिदिएको छ । तथापी सधैव एनआरएनएले उठाउदै आएको श्रमिकको मुद्धा भने जहिले पछि परिरहेको अवस्था छ । जेजति श्रमिकका मुद्धा सम्वोधन भए त्यसमा पनि खाडि तथा मलेसिया क्षेत्रकै एनआरएन अभियान्ताहरुको पहल अग्रणी रहेको देखिन्छ ।

सरकारले पछिल्लो समय विदेशमा श्रम गर्ने नेपालीहरु तथा स्वरोजगारमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजनामा समेटन सुरु गरेको छ । जुन अभियानको पहल खाडिबाटै सुरु भएको हो । एनआरएनए उपाध्यक्ष डिबी क्षेत्रीले ओमानबाट सुरु गरेको हजारे अभियानलाई नै संघले आफ्नो मुद्धा बनाएको हो । जुन अहिले कार्यान्वयनको चरणमा छ ।

यस्तै विदेशमा समस्यामा पर्ने नेपालीहरुको सहायता, उद्धार तथा राहत कार्यक्रममा एनआरएनएले ठुलो सहायता गर्दै आएपनि नेपाली श्रमिकहरुलाई समस्यामा पर्नै नदिन सरकार समक्ष जोडदाररुपमा प्रस्तुत हुनै सकेको छैन । अधिक श्रमिक रहेका मध्यपूर्व तथा मलेसियाका एनआरएन अभियान्ता तथा विभिन्न नेपाली संघ–संस्थाले यस विषयमा सरकारलाई घचघचाई रहेपनि संघले संस्थागतरुपमा ज्ञापनपत्र बुझाउने तथा आग्रह गर्नेभन्दा खासै ठुलो कदम चाल्न सकेको देखिदैन ।

समानान्तर संस्थाको रुपमा छुट्टिएको शेष घले समूहको एनआरएनएले पनि नेतृत्व चयनमा चासो देखाएपछि थप चासो बढन पुगेको छ ।
एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका शेष घले र उनको समूहले आरके शर्माको समूहलाई नेतृत्वमा ल्याउन सके पुनः एनआरएनएमा एकता ल्याउन सक्ने बुझेर औपचारिकरुपमा सघाउने नीति लिएको बुझिएको छ ।

यसर्थ पैसा उठाएर सहायता गर्नुपर्ने अवस्थाको अन्त्य गर्न तथा यसलाई सरकारी तवरबाटै सम्वोधनका लागि पनि श्रमिकको मर्का बुझेको मान्छे यस संस्थाको नेतृत्व पुग्नुपर्ने जरुरी अहिले टडकारो देखिएको छ । सबैले श्रमिकको मुद्धामा आफुहरु प्रतिवद्ध रहेको बताउदै आएपनि खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेजस्तै श्रमिकको पीडा सबैभन्दा बढी श्रमिकलाई नै थाहा हुन्छ ।

उता दोश्रो पुस्तालाई नेपालसँग जोडने, म्यानमार तथा बर्माका नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिलाउने तथा विदेशमा रहेको सीप, पूजि र दक्षता भित्राएर समृद्ध मुलुक बनाउने सपना सार्थकता बनाउन पनि यसपटक नेतृत्व फेर्नुपर्ने आवाज उठिरहेको छ ।

एनआरएनएको २० औ स्थापना दिवशको अवसरमा संस्थापक अध्यक्ष मात्र होइन यो अभियानका सुत्रधार डा. उपेन्द्र महत्तोले भने ‘एनआरएनए संस्था होइन अभियान हो, अब यसले प्रवासमा रहेका सदस्यबाहेक सबै नेपाली र नेपालमा रहेका नेपालीलाई पनि आश जगाउन सक्नुपर्छ ।’

महतोले भनेजस्तै एनआरएनए बनाउने हो भने सबैभन्दा यस अभियानमा संसारभर रहेका नेपालीलाई जोडन सक्नुपर्छ । सबै क्षेत्र, वर्ग र अवस्थाका नेपाली यसमा अटाउन तथा उनीहरुलाई यो संस्था हामी सबैको साझा संस्था हो भन्ने अपनत्व दिलाउन सक्नुपर्छ । साथै यस अभियानमा जोसुकैले नेतृत्व लिन सक्छन भन्ने वातावरण बने मात्र संस्थापक अध्यक्ष महतोले भनेजस्तो एनआरएनए एउटा संस्था मात्र नभएर अभियान हो भन्ने सपनाले सार्थकता पाउने थियो ।

मध्यपूर्व लाई एक पटक नेतृत्व दिनुपर्ने आवाज थप बलियो बन्दै

एनआरएन अभियानमा सुरुवाती कालदेखिनै अग्रणी स्थानमा रहदै आएको मध्यपूर्वको नेतृत्व दावी यस पटक थप शशक्त बनेको छ । यस क्षेत्रले अन्य सबै पदमा रहेर पदीय जिम्मेवारी र क्षमता देखाईसकेको हुदा पनि पटक पटक नेतृत्वमा पुग्नबाट बञ्चित मध्यपूर्वलाई यस पटक नेतृत्व दिएर हेर्नुपर्ने मत पछिल्लो समय बढिरहेको छ ।

मध्यपूर्वबाट सातौ विश्वसम्मेलनमा पूर्वउपाध्यक्षसमेत रहेका टिबी कार्कीले नेतृत्व दावि गरेका थिए त्यसको ८ वर्षपछि अहिले ११ औ विश्वसम्मेलनमा आरके शर्मा नेतृत्व दाबिसहित अघि सरेका हुन । यो पटक पनि नेतृत्व लिनबाट बञ्चित भएमा मध्यपूर्वबाट अझै धेरै वर्ष नेतृत्व तहमा पुग्न कठिन हुने बुझाइसँगै यसपटक यो क्षेत्र शर्माका लागि एक जुट बनेको छ ।

अर्कोतिर संसारभर रहेका गैरआवासीय नेपालीहरुमा पनि यस पटक मध्यपूर्वलाई नेतृत्व दिएर हेर्नुपर्ने आवाज बलियो बन्दै गैरहेको छ । मध्यपूर्व तथा मलेसिया क्षेत्र बाहेक युरोप, अमेरिकाज् क्षेत्र, एसिया प्यासिफिक क्षेत्र, अष्ट्रेलियालगायत अधिकांश मुलुकका एनआरएन अभियान्ताहरुको चाहना पनि नेतृत्वमा परम्परागत लिगेसी भन्दा परिवर्तन रहेकाले मध्यपूर्वको दावी यसपटक बलियो बनेको हो ।

विगत फर्कने हो भनेपनि एनआरएनएले अहिलेसम्म हासिल गरेका ठुला उपलब्धीहरु नागरिकताको मुद्धा, विदेशमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा मुद्धा, विदेशमा रहेका नेपालीको सीप, ज्ञान र पुजी भित्र्याएर मुलुक समृद्ध बनाउने मुद्धामा सबैभन्दा बढी कोही लागिरहेको छ भने त्यो मध्यपूर्व हो ।

एकताको आशा बल्दै

एनआरएनएको ११ औ विश्वसम्मेलन सुरु भएसँगै आगामी नेतृत्वको सरगर्मी चुलिनु स्वभाविक हो । झन समानान्तर संस्थाको रुपमा छुट्टिएको शेष घले समूहको एनआरएनएले पनि नेतृत्व चयनमा चासो देखाएपछि थप चासो बढन पुगेको छ ।
एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका शेष घले र उनको समूहले आरके शर्माको समूहलाई नेतृत्वमा ल्याउन सके पुनः एनआरएनएमा एकता ल्याउन सक्ने बुझेर औपचारिकरुपमा सघाउने नीति लिएको बुझिएको छ ।

त्यसो त अहिलेको अधिवेशन अघि नै आरके शर्मासहित मध्यपूर्वका एनआरएन अभियान्ताहरुको पहलमा दुईवटै संस्थाबीच एकता ल्याउने र ११ औ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा सहमति गरेको भएपनि संघको नेतृत्व तहका कारण त्यो असफल बन्न पुगेको थियो ।

संसारभरबाट मध्यपूर्वलाई नेतृत्वको अवसर दिनुपर्ने चर्चाकाबीच एनआरएनएमा एकताका लागि यो क्षेत्रबाट विगतदेखिनै भएका प्रयत्न तथा अहिले शेष घले समूहको चासोका कारण संसारभर रहेका एनआरएनहरुमा खुसीको संचार भएको छ ।

र अन्त्यमा

एनआरएनएले नयाँ नेतृत्व पाउने समय अब केहि घण्टा मात्र छ । यस संस्थामा आवद्ध र नेतृत्वका लागि दावेदार सबै सक्षम छन । तथापी संसारभर रहेका एनआरएन अभियान्ताहरुको भित्री मनको इच्छा यसपटक नेतृत्व मध्पपूर्वले पाओस् भन्ने छ । यसका लागि मध्यपूर्व लायक मात्र होइन सक्षम र काबिल पनि छ ।

विगत फर्कने हो भनेपनि एनआरएनएले अहिलेसम्म हासिल गरेका ठुला उपलब्धीहरु नागरिकताको मुद्धा, विदेशमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा मुद्धा, विदेशमा रहेका नेपालीको सीप, ज्ञान र पुजी भित्र्याएर मुलुक समृद्ध बनाउने मुद्धामा सबैभन्दा बढी कोही लागिरहेको छ भने त्यो मध्यपूर्व हो ।

यसर्थ : अब कस्तो नेतृत्व ल्याउने हो, संस्थालाई कस्तो र कस्को बनाउने हो, साझा संस्था बनाउने हो की होइन, भुई मान्छेदेखि मालिकसम्मको समान अपनत्व गराउने हो की होइन संसारभर रहनुभएका एनआरएनए डलिगेटेसहरुको हातमा छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *