एनआरएनए कतारको अध्यक्षमा भट्टको पक्षमा सर्बसम्मत सहमति बनाउने कसरत

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका रमेश भट्टको पक्षमा सर्बसम्मत बनाउने प्रयास भइरहेको छ ।

अधिकांश संघसंस्था तथा बैचारिक संस्थाहरुको समर्थन बटुलेका भट्टको पक्षमा सर्बसम्मत बनाउने कसरत चलिरहेको छ । उनीसँगै बर्तमान महासचिव पदम गिरीले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, उनी संस्थामा क्रियासिल हुँदा हुँदै समर्थनको खडेरीमा परेको हुँदा सहमतिमा जान सक्ने आकलन हुन थालेको छ ।

भट्टलाई एनआरएनएको अध्यक्ष बनाउनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र जनजाती महासंघले सहमतिय हस्ताक्षर गरिसकेका छन् । कतारमा रहेका एनआरएनएका अग्रजले रोजगार मञ्चलाई भने–‘हामी सहमतिका लागि जुटिरहेका छौं, सहमति नभए पनि एक प्रकारको एलाइन्स् बनिसकेकोछ, त्यो भनेको रमेश भट्टको पक्षमा हो ।’

विगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाइ विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै आएका भट्टले एनआरएनको खस्कँदो गरिमालाई बचाइ राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमिकमैत्री एवम् विश्वसनीय एनसीसी बनाउने प्रतिबद्धतासहित उम्मेद्वारी घोषणा गरेका छन् ।

एनआरएनए एकताको वकालत गर्दै आएका भट्ट आइसीसीमा आएको फुटबाट दुखी हुँदै एकताको आवश्यकताको सन्देश दिन आवश्यक भएको बताउँछन् । कतारका सफल व्यवसायीको परिचय स्थापित गरेका भट्टले आफ्नो उम्मेद्वारी र प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।

उनले कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैरआवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियान्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपालीको साथ, सहयोग र समर्थनका लागि अपिल पनि गरेका छन् ।

संस्थागतरुपमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सन् २०१९–२०२१ कार्यकालमा सदस्य, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सन् २०२१–२०२३ कार्यकालमा निर्वाचन समिति संयोजक, नेपाली यातायात मजदुर संगठनका संस्थापक अध्यक्ष, बागलुङ सेवा समाज कतारका पूर्वअध्यक्ष, नेपाली जनप्रगतीशील मञ्च कतारका पूर्वअध्यक्ष, नेपाली व्यवसायी संघ कतारका महासचिव (हाल) र अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज (हाल)का संरक्षकका रुपमा रहेका छन् ।

प्रतिबद्धताहरु

–एनसीसी कतारले गर्ने हरेक क्रियाकलापमा कतारमा स्थापित सम्पूर्ण संघसंस्थासँग समन्वय गरी सामूहिकरुपमा सहकार्य गरेर सम्पन्न गर्न ।

–कतारस्थित नेपाली राजदूतावाससँग समन्वय गरी नेपाली श्रमिकहरुको हकहितलाई प्राथमिकतामा राखेर श्रमिक विभागलाई थप प्रभावकारी बनाउन ।

–नेपाल सरकारले प्रवासमा रहेका मजदुरको हितका लागि हालै शुरु गरेको श्रमिक कल्याणकारी कोषमा अधिकतम सहभागिता गराउनका लागि सचेतना अभियान सञ्चालन गर्न ।

–एनसीसी कतारका हरेक गतिविधिलाई मासिकरुपमा र आर्थिक प्रतिवेदन त्रैमासिकरुपमा सार्वजनिक गर्न । संस्थाका पदाधिकारीले आफ्नो कार्यसम्पादनको रिपोर्ट मासिक बैठकमा प्रस्तुत गरी त्यसको समीक्षा गर्न ।

–कतार सरकारको विभिन्न निकायहरुसँग संस्थागत सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली श्रमिकहरुका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरुलाई प्राथमिकता दिएर सञ्चालन गर्न ।

–नेपालको पहिचान झल्कने नेपाली साहित्य, कला र संस्कृतिलाई कतारमा आयोजना हुने विभिन्न प्लाटफर्महरुमा प्रस्तुत गर्ने र कतारमा रहेका श्रस्टा÷कलाकारलाई प्राथमिकता दिन ।

–कतारमा रहेका नेपालीहरूबीच आपसी भाइचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहन ।

–हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली साहित्य, कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाइने सबै चाडपर्वहरू सामुदायिकस्तरमा आयोजना गरी परस्पर भ्रातृत्वको विकास गर्न ।

–कतारमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागी हुनका लागि प्रोत्साहन गर्न साथै सबै नेपालीजनको आवाज गैरआवासीय नेपाली संघद्वारा सुनिएको सुनिश्चित गर्न ।

–कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवम् आवश्यकताअनुसार स्थानीय अधिकारीहरूसँग समन्वय गर्न ।

–कतारमा रहेका नेपाली श्रमिकहरुका लागि कानूनी मामिलाहरू, रोजगारीका समस्याहरू, स्वास्थ्य सेवा र शिक्षामा सहायताका लागि एक प्रणाली स्थापना गरी निरन्तर सेवामूलक कार्यक्रम सञ्चालन गर्न ।

–सामाजिक सुरक्षाकोष तथा आईपीओसम्बन्धी कतारमा रहेका नेपाली बैंकका प्रतिनिधिहरुसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम गरी आम श्रमिकहरुको सहभागिता÷आवद्धता सुनिश्चितताका लागि प्रयासरत रहन ।

–एनआरएनए एनसीसी र एनआरएनए आइसीसीका अग्रज एवम् पूर्वपदाधिकारीबीच संस्थागत हितका लागि समन्वय गरी मुलतः आइसीसीको विधान अङ्गीकार गरी अघि बढ्न ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *