श्याम तामाङको विश्व किर्तिमानी : जिते विश्वकै सर्वाधिक उचाइको गल्फ प्रतियोगिता

news-details

कर्पोरेट गल्फ प्रतियोगिता खेल्दै आएका गैरआवासीय नेपाली(एनआरएन) श्याम तामाङले विश्वकै सर्वाधिक उचाइमा पहिलोपल्ट भएको गल्फ प्रतियोगितामा बिजयी हाँसिल गर्दै विश्व किर्तिमान राखेका छन् ।

४ हजार ६४५ मिटर उचाइको मुस्ताङको लोमाङ्थाङमा नवनिर्मित गल्फ कोर्षमा भएको प्रतियोगितामा तामाङले उपाधी चुमेका हुन् । उनले विश्वकै अग्लो उचाइमा भएको गल्फ प्रतियोगितामा बिजयी हाँसिल गर्दै विश्व किर्तिमान राखेको दावी गरेका हुन् ।

प्रतियोगितामा तीन महिलासहित ३६ जना गल्फरहरुको सहभागितामा तामाङ उत्कृष्ट बनेका थिए । काठमाडौंका २१, पोखराका १०, मुस्ताङ र बुटवलका २–२ तथा एकजना अमेरिकी गल्फरले प्रतिस्पर्धा गरेका थिए । ८१ वर्षीया डा। रिता थापाले टी अफ गरेपछि प्रतियोगिता उद्घाटन भएको थियो ।

‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ नामक प्रतियोगिता लोमान्थाङ युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजना गरेका थिए । औपचारिक रुपमा मुस्ताङको कोर्षमा गल्फ खेल्न सम्भव छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ ।

९ होलमा निर्माण गरिएको गल्फ कोर्ष गिनिज बुक अफ वर्ल्ड रेकर्डका दर्ता गर्न नेपाल प्रोफेसनल गल्फर संघले पहल गर्ने जनाइएको छ । तामाङको किर्तिमानीलाई समेत गिनिज बुक अफ वर्ल्ड रेकर्डका दर्ता गरिने जनाइएको छ ।

एनआरएनए अभियानमा लामोसमयदेखि लागेका तामाङ, नेपाल, बहराईन र अमेरिकाका पनि व्यवसाय गरिरहेका छन् । आफ्नो शोखले गल्फ खेल्दै आएका तामाङ अहिले यसैबाट नै विश्वभर नाम चम्काउन सफल हुने भएका छन् ।

पहिलो औपचारिक प्रतियोगिताका विजेता तामाङले मुस्ताङको अल्टिच्यूड व्यवसायिक गल्फ र पर्यटन प्रवर्द्धनका लागि उत्कृष्ट रहने बताए । ‘लोमान्थाङ क्षेत्रमा प्राकृतिक कंक्रिट भ्याली रहेछ । त्यहाँबाट ७ सय मिटर माथि पुगेपछि हरियाली समथर चौर छ,’ तामाङले भने, ‘त्यहाँ एउटा खोँच पार गरेपछि अर्को ९ होलका लागि पुग्ने क्षेत्र पनि छ । त्यसलाई पनि प्रयोग गर्न सकियो भने व्यवसायिक गल्फरहरुका लागि अल्टिच्युड कोर्षका रुपमा उत्कृष्ट विकल्प तयार हुनेछ ।’

तत्कालका लागि प्राकृतिक मैदानलाई उपयोग गरी कोर्ष बनाइएको छ । पूर्वाधारका केहि काम र मैदानको स्तरउन्नति आवश्यक रहेको तामाङले बताए । उनले भने, ‘पटिङ ग्रिनलाई अत्याधुनिक घाँस ल्याएर राम्रो बनाउनु आवश्यक छ । टी बक्स एउटा चाहिएको छ ।’

तामाङले यो क्षेत्रलाई अमेरिकाको लस भेगास, नेवाडासँग तुलना गरेका छन् । खेलकुदको बहानामा पर्यटन प्रवर्द्धनका लागि पनि सहयोग पुग्ने उनको विश्वास छ । ‘लोमान्थाङ पर्यटकीय क्षेत्र भएको हुनाले बसोबासका लागि खासै असहज हुँदैन ।

यो कोर्षले विश्वका चर्चित व्यवसायिक गल्फरहरुलाई पनि यहाँ आकर्षित गर्नेछ,’ तीन वर्षदेखि गल्फ खेलिरहेका तामाङले भने –‘नेपाली तथा विदेशी गल्फरहरुलाई मुस्ताङ गल्फ कोर्षको सदस्य बनाउन सकिए उनीहरुबाट प्राप्त सहयोगबाट कोर्षको स्तरोन्नत्ति र व्यवस्थापनमा आर्थिक श्रोत जुट्ने पनि छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *