ललितपुरको चुनिखेलमा स्थापित चुफरच्युना हेल्थकेयर प्रालिले विभिन्न आकारका सिरिन्जहरु उत्पादन सुरू गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डिजिटल रुपमा कम्पनी र त्यसबाट उत्पादित ब्रान्डको उद्घाटन गरेपछि बजारमा आएको हो।

कम्पनीले १ एमएलदेखि ५० एमएल सम्मका निडल सहितका सिरिन्जहरु तथा इन्सुलिन सिरिन्ज लगायतका उत्पादनहरु बजारमा ल्याएको छ।

फरच्युना हेल्थकेयरले ल्यायो स्वदेशी उत्पादनको अत्याधुनिक गुणस्तरका सिरिन्ज

कम्पनीले चाँडै नै आईभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युव, आइभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आइपी, गज, आइभी सेट, यूरीन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेज लगायतका उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनको औषधि उद्योगका लागि तोकेको मापदण्ड जीएमपीमा आधारित रही उधोगको स्थापना गरि आईएसओ प्रमाण पत्र लिइसकेको र नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि पनि प्रक्रिया अघि बढिसकेको जनाएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री उपेन्द्र यादवले स्वास्थ्य सामाग्री उत्पादन गर्ने उद्योग स्थापना हुनु निकै सकारात्मक रहेको र यस प्रकारका उद्योगलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रबन्ध सञ्चालक तथा जिसी ग्रुपका अध्यक्ष इश्वर जिसीका अनुसार कोभिड महामारीपछि मेडिकल सामाग्रीहरु उत्पादनमा आत्मनिर्भर बन्नैपर्छ भन्ने सन्देशलाई आत्मसाथ गर्दै यस फरच्युना हेल्थकेयर प्रालिले सिरिन्जलगायत मेडिकल समाग्रीहरु उत्पादन गरी सुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराएर आयात प्रतिस्थापन गर्ने आफूहरुको लक्ष्य रहेको समेत बताएका छन्।

फरच्युना हेल्थकेयरले ल्यायो स्वदेशी उत्पादनको अत्याधुनिक गुणस्तरका सिरिन्ज