एनआरएनएका अध्यक्ष पन्तको आक्रोष किन परराष्ट्र मन्त्री र शेष घलेप्रति ? (जस्ताको तस्तै)

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले निर्धारित समयमा महाधिबेशन तथा निर्वाचन नहुनुमा नेपाल सरकार, परराष्ट्रमन्त्री र प्रमुख संरक्षक शेष घले नै दोषी भएको बताएका छन् । अध्यक्ष पन्तको आक्रोष विगतको भन्दा केही बढि देखिएको छ ।

हुन त परराष्ट्र मन्त्रालयले आफ्नो पद नै खोसिदिएपछि उनको आक्रोष बढ्नु स्वभाविक हो । पन्तले १० औं महाधिबेशन तथा निर्वाचन गराउन नसक्नुको कारण परराष्ट्र मन्त्री र प्रमुख संरक्षक घले नै भएको जीकिर पत्रकार सम्मेलन मार्फत गरेका छन् । एनआरएनएभित्रको विवाद अव सरकार र आदालतमा पुगेको छ ।

परराष्ट्र मन्त्रालयविरुद्ध आदालत पुगेका पन्तको पक्षमा अन्तरिम आदेश आएता पनि मुद्धा छिनोफानो अझै हुन सकेको छैन । अध्यक्ष पन्तले गत शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख संरक्षक घले र परराष्ट्रमन्त्री विरुद्ध बोेलेका भनाई सतहभन्दा निकै माथि थियो, उनले बोलेका कुरा जस्ताको तस्तै :


केही समय अगाडि धनगढीमा बाढी आएर लाखौ मानिसहरु घरबारविहीन थिए । हाम्रा साथीहरु धनगढीमा चामल लत्ता कपडा बोकेर हिडिसक्नु भएको थियो । मैले उहाँहरुलाई जाँदै गर्न र मिटिङको काम सकेर आउँछु भने । म पनि राहत बाँड्नका लागि फ्लाइटमा धनगढी गएँ ।

म उतै हुँदा  शेष घलेजिको म्यासेज देखें । त्यो देखेपछि म कोही पत्रकार सँग बोल्नुपर्ला कि भनेर कसैको फोन उठाइन । भोलिपल्ट एकाबिहानै शेष घलेबाट एउटा म्यासेज आयो –तपाईले मेरो विश्वासमा घात गर्नुभयो । तपाईलाई मैले मिडियामा नबोल्नु भनेको थिए मिडियामा त आइसकेछ भन्नुभयो । म छक्क परे । भोलिपल्ट सारा मिडियामा हेरें कहि पनि केहि लेखिएको थिएन । मैले केही पनि देखिन । अनि मलाई ‘दाल मे कुछ काला हे’ भन्ने लाग्यो । म २–३ दिन बाढीपिडितलाई राहत बाड्न हिड्दा हिड्दै सम्पर्कविहीन जस्तै भएँ । त्यो काम सकेपछि म धनगढीबाट काठमाडौ फर्किए ।

मलाई संस्थापक अध्यक्षले फोन गर्नुभयो । उहाँले यतिधेरै चिन्ता व्यक्त गरेको यस संस्थामा मलाई कहिले पनि थाहा थिएन । मलाई दिनको २–३ पल्टसम्म सम्पर्क गर्न थाल्नु भयो, तर शेष घलेलाई जति सम्पर्क गरे पनि आउन चाहनु भएन ।

मैले शेषजिलाई फर्किएर सयौं चोटी फोन गरे तर उहाँको फोन उठेन । म्यासेज गर्दा रिप्लाई गर्नुभएन । पटक पटक मेल गरे मेलको पनि कुनै रिप्लाई आएन । उहाँ सम्पर्कमा आउन चाहानु भएन । उपेन्द्रजिले धेरै प्रयास गर्नुभयो तर उहाँ आउन चाहनु भएन ।

त्यसपछि मैले अन्तिम मेल पठाएँ, अनि बल्ल भेटौ अब भन्नुभयो । उहाँलाई एड्भाइस दिनका लागि विभिन्न कमिटी बनाएका थियौ, उहाँहरुले पनि रिपोर्ट बुझाइ सक्नुभयो । सबैले एकमत भएर मलाइ रिपोर्ट बुझाइ सक्नुभयो । त्यो रिपोर्टका आधारमा म काम गर्छु भन्दा उहाँ फेरि आउनु भएन । एनआरएनए सचिवालयमै बैठक बस्नका लागि सबै समयमानै आइपुग्नुु भयो तर उहाँ आउनु भएन ।

उहाँको इमेल आयो– मलाई कुनै मतलब छैन, कुनै सम्बन्ध छैन तपाइहरु जे सुकै गर्नु । त्यसपछि उपस्थित सबै घन्टौ लगाएर छलफल ग¥यौ अनि अध्यक्षको निर्णय हामीले न्यायीक लाग्यो भनेपछि हामी त्यही कुरा लिएर परराष्ट्र मन्त्रीकोमा गयौं । परराष्ट्र मन्त्रीलाई सबै रिपोर्ट बुझायौं तर उहाँले शेषजी खै भन्नु भयो । शेषजि नभईकन हुँदैन भन्नुभयो । संस्थापक अध्यक्ष त्यही हुनुहुन्थ्यो । पछि उहाँलाई संस्थापक अध्यक्षले भएन । त्यहाँ जसरी भएपनि शेषजी नै चाहियो । भनेपछि त्यहाँ अनौठो साठगाँठ छ भन्ने हामीले बुझिहाल्यौ ।

पटक पटक परराष्ट्र मन्त्रालयले जुन व्यवहार गरेको थियो, यो न्यायीक लागेन । गैरआवासिय नेपाली संघप्रति राज्यले , सरकारले न्याय गरेको छैन भन्ने कुरा परराष्ट्र मन्त्रीको व्यवहारले थाहा भैसक्यो । केही साथीहरुले भन्नु भएको थियो, हामी जे चाहन्छौ परराष्ट्र मन्त्रालयबाट त्यही गरेर देखाउन सक्छौ । चिठी के आउँदैछ भनेर २–४ दिन अघि थाहा भैसक्थ्यो । यस्तो चिट्टी आएको छ भनेर परराष्ट्रमा मुद्दा हालेको मान्छेले समेत मलाई धम्क्याउनुभएको छ । परराष्ट्र मन्त्रालयले अन्यायपुर्ण तरिकाले एक पक्षिय तरिकाले काम ग¥यो, हामीले वकिलहरुसँग पनि कुरा ग¥यौ ।

परराष्ट्रसँग सम्बन्धित विभिन्न नेताहरुलाई फोन गरियो । फलानो उम्मेद्धारले जित्ने अवस्था नआएसम्म चुनाव हुन दिन्न भन्ने जवाफ आयो, अचम्म लाग्यो मलाई त ।

परराष्ट्रमन्त्रीलाई भेट्न जाँदा हामीलाई १ घण्टा २५ मिनेट रोकाइयो । उपेद्रजी, म, जिवाजी भवनजी र कानूनबिद् भिमार्जुन आचार्य बाहिर बिना कारण रोकियौं । मन्त्रीलाई भेटेर हामीले सबै कुरा बुझायौ, लिखित रुपमा पनि बुझायौ । र हामी इलेक्सनमा जान्छौ यो संस्थालाई बन्दी बनाउन हुँदैन, यो संस्थालाई यहाँसम्म ल्याउनका लागि धेरै मान्छेले धेरै मेहनत गर्नुभएको छ भन्यौं । विदेशमा बस्ने नेपालीले लाखौलाख डलर खर्च गर्नुभएको छ । अब तपाइले ख्याल गरिदिनुहोस् चुनावी कार्यक्रम लिएर संस्था अघि बढ्छ मैले भने ।

त्यसपछि मन्त्रीज्यूँले अहिले म केहि भन्न सक्दिन, हुन्छ र हुदैन केही पनि भन्न सक्दिन भन्नुभयो । तपाईको संस्थाको पनि आफ्नो आफ्नो प्लान हुन्छ अगाडि बढ्नुहोस् भन्नुभयो । उहाँले उठ्दा-उठ्दै माथिबाट चाँहि आउनुभएन है त्यहाँ पनि कुरा गर्नु भन्नुभयो । भनेपछि कुरा गर्न जाने त अर्कै ठाउँ रैछ । परराष्ट्रमन्त्रीले मन्त्री जसरी कुरा गर्न सक्नुहुन्न भन्ने त्यहाँ थाहा भयो ।

धेरै साथीहरुले मलाइ परराष्ट्रको विरुद्धमा जानु हुन्न भनेर झोले कार्यकर्ताहरुले भनिरहेका पनि छन् । यस्तो विरुद्धमा पनि म नबोल्ने ? त्यस्तो निर्यता परराष्ट्र मन्त्रालयले प्रस्तुत गर्ने हो ? त्यो माथि भनेको को हो । परराष्ट्र मन्त्रालयका सचिवले मलाई पटक पटक भन्नुभएको छ– सर हामी त कर्मचारी प¥यौ के गर्नु भनेर । अनि हामी सबैको सल्लाह अनुसार परराष्ट्र बिरुद्ध अदालतमा जान बाध्य भयौं ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *