प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने

news-details

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि सभामुख देवराज घिमिरेले अन्य सबै पूर्वनिर्धारित कार्यक्रम कार्यसूचीबाट हटाइएको बताए । कार्यसूचीका सबै कार्यक्रम हटाएर बैठक स्थगत भएको घोषणा उनले गरेका हुन् ।

यसअघि लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आइतबार शान्त थियो ।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया