मेरो १६ बर्षको अनुभव एसिया प्यासिफिक क्षेत्रमा लगाउँछु –विनोद कुँवर

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा १६ वर्षदेखि आवद्ध हुँदा मैले धेरै कुराहरु सिक्ने मौका पाएँ । एनआरएनएमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरुका पक्षमा काम गर्ने अवसरहरु पटक–पटक प्राप्त भयो । आफुले पाएको अनुभव र एनआरएनए अभियानमा क्रमिकरुपमा अगाडि बढ्नका लागि आगामी कार्यकालका लागि एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गरेको छु । एनआरएनएमार्फत नेपाली समाजलाई थप टेवा पु¥याउनका लागि नै म होस्टेमा हैसेँ थप्न अगाडि बढेको हुँ ।

नेपालभन्दा नजिकै रहेको एसिया प्यासिफिक क्षेत्रबाट एनआरएनए आइसीसीमार्फत हामीले के के गर्न सकिन्छ अर्थात एसिया प्यासिफिक क्षेत्रलाई नेपालसँग जोड्न के गर्नुपर्छ भनेर मैले लामो समयदेखि मुल्यांकन तथा निरीक्षण गरिरहेको छु । हामीले समृद्ध नेपाल कसरी बनाउन सकिन्छ भन्ने मुख्य नारा एनआरएनएमार्फत पनि बोकिरहेका छौं । गैरआवासीय नेपाली संघ, कोरियाको दुई कार्यकाल अध्यक्ष र एक कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक भैरहदा मैले एनआरएनएले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाइरहेको छु भने यही अनुभवले आगामी दिनमा थप जिम्मेवारी निभाउने जमर्को गरेको छु । अहिले एसिया प्यासिफिक क्षेत्रमा १३ वटा देशहरु रहेकोमा अझै केही देशहरुमा एनआरएनए एनसीसी विस्तार गर्नुपर्ने चुनौती हामीमा बाकी नै छ ।

एशिया प्यासिफिकको संयोजक भएको खण्डमा आफुमा भएका अनुभवलाई नेपाल र एशिया प्यासिफिक क्षेत्रमा विस्तार गर्न मेरो सम्पूर्ण समय खर्चिनेछु । एशिया प्यासिफिक संयोजक हुँदैगर्दा मैले अग्रजहरुले गर्नुभएका राम्रा कामहरुको अनुशरण गरेर कार्यान्वयन गर्नेछु । आज हामी दशौं महाधिवेशसन सम्ममा आईपुग्दा संस्थालाई धेरै राम्रो स्थानमा पु¥याउन सफल भएका छौं । अझै पनि धेरै राम्रा कामहरु गर्न बाँकी छन् । विश्वभर छरिएर रहनुभएका नेपालीहरु र एशिया प्यासिफिक क्षेत्रमा बसोेबास गर्ने नेपालीहरुको पक्षमा धेरै एजेण्डा बोकेर म अगाडि आइरहेको छुु ।

जसमा संस्थाको सबलिकरणमा मेरो मुख्य जोड छ । यो भन्नाले संस्थालाई कसरी विस्तार गराउने, संस्थाको दायित्व के हो ?, संस्थाले गर्नुपर्ने कामहरु के छन्, विगतमा गरेका राम्रा कामहरु के–के हुन् र अझै हामीले राम्रा कामहरु के गर्न सकिन्छ भन्ने कुरा हो । अहिले एशिया प्यासिफिकमा १३ वटा एनसीसीहरु रहेकोमा अब यसलाई विस्तार गरेर १५ वटा पु¥याउनु जरुरी छ । यसका लागि यस क्षेत्रबाट एनआरएन अभियानमा लामोसमयदेखि आवद्ध अग्रज तथा साथीभाइहरुसँग सरसल्लाह लिदै सबै एनसीसीहरुसँग सहकार्य गर्नेछु ।

मेरो अर्को एजेण्डा श्रम डिप्लोमेसी हो । प्रवासमा रहेका श्रमिकहरुलाई हामीले कसरी व्यवस्थापन गर्ने, उहाँहरुले पाएका दःुखहरुलाई कसरी कम गर्ने भन्नेमा मेरो जोड हो । प्रवासमा श्रम गरिरहदा विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ, खतरासँग खेल्नु पर्ने पनि हुन सक्छ, यस्तै भाषाको समस्या पनि हुन्छ । यसका लागि नेपाल सरकारले श्रम गर्न जानु अघिनै सम्बन्धित देशको भाषा, त्यहाँ गएर गर्ने काम तथा आवश्यक आधारभूत ज्ञान दिने व्यवस्था गरिदिनुपर्छ भन्ने मेरो धारणा छ ।

अर्कोतिर विदेशमा ५–७ वर्ष बसेर स्वदेश फर्कदा उहाँहरुले आफु कार्यरत देशबाट धेरै कुराहरु सिकेर जानुभएको हुन्छ । उहाँहरुले सिकेको ज्ञान, सिप र धनलाई नेपालमा कसरी परिचालन गर्ने भन्ने विषय मेरो अर्को एजेण्डा हो । म बस्ने देश दक्षिण कोरियामा हेर्ने हो भनेपनि यहाँ औधौगिक क्षेत्रमा, कम्पनीमा तथा कृषिमा अधिकांश नेपालीले काम गर्नुहुन्छ । यी क्षेत्रमा हासिल गरेको सीप र ज्ञान स्वदेश फर्कदा उपयोग गर्न सकिने धेरै आधारहरु छन यसमा नेपाल सरकारलाई कसरी ध्यानाकर्षण गराउन सकिन्छ भन्नेमा मेरो जोड रहेको छ ।

कुनै पनि काम मैले एक्लै गर्न पनि सम्भव हुदैन । यसैले एशिया प्यासिफिकका १३ वटै एनसीसीहरुले आ–आफ्नै क्षेत्रबाट काम गर्नुपर्छ र यसका लागि संयोजनकारी भूमिका खेल्न योजनासहित म अघि बढेको छु ।

यस्तै अर्कोकुरा एसिया प्यासिफिक क्षेत्रमा रहनुभएका नेपालीहरुसँग धेरै ज्ञान र सीप छ । नेपालबाट यस क्षेत्रमा आएर प्रोफेसर, डाक्टर तथा विभिन्न विधामा विज्ञता हासिल गरिसक्नुभएका उहाँहरु नेपाल फर्कन हिच्किचाइँ रहनुभएको छ । हामीले यस क्षेत्रमा रहनुभएका दक्ष नेपालीको सीप, ज्ञान तथा अनुभवलाई नेपालसँग जोडनै सकिरहेका छैनौ । एसिया प्यासिफिक क्षेत्र भौगोलिक हिसावले पनि नेपालसँग नजिक छ यसर्थ आइसीसीसँग समन्वय गरेर यस्ता जनशक्तिलाई नेपालसँग जोडन कसरी पुलिङको काम गर्ने भन्नेमा मेरो ध्यान जानेछ । यसका लागि एउटा टिम बनाउनु पर्छ भन्ने कन्सेप्ट मैले ल्याएको छु ।

पहिला पहिला नेपालमा युरोप, अमेरिका, अफ्रिकाबाट धेरै पर्यटकहरु आउने गर्थे । अब एशिया प्यासिफिक क्षेत्रबाट पनि नेपालमा पर्यटक कसरी धेरै भन्दा धेरै जाने वातावरण बनाउन सकिन्छ भन्नेमा पनि मेरो जोड रहेको छ । पर्यटकलाई आकर्षित गर्ने सेवा–सुविधा र योजनाका लागि सरकार तथा टुरिजम सेक्टरहरुसँगको सहकार्यमा एशिया प्यासिफिक क्षेत्रीय परिषदका तर्फबाट समन्वयकारी भूमिका निभाउन हामी योजनासहित अघि बढने छौ ।

मैले उठाएका मुद्धा र एजेण्डा कार्यान्वयनका लागि नै एशिया प्यासिफिक क्षेत्रीय संयोजकमा मेरो उम्मेदवारी हो । एक कार्यकाल एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजकको भूमिका निर्वाह गरिसकेको हुदा मेरा विगतका अनुभव प्रयोग गर्दै केही ठोस कार्य पक्कै गर्नेछु भन्ने विश्वास लिएको छु । आज थाइल्याण्ड र म्यानमारमा २ सय वर्षदेखि नेपालीहरु बसोवास गरिरहनुभएको छ । उहाँहरुको समस्या र मागहरुलाई सम्वोधन गर्नु पनि हाम्रो लागि अर्को चुनौती रहेको छ ।

मैले २ वर्षे कार्यकालका लागि मुख्य ५ वटा एजेण्डा प्रस्तुत गरेको छु । ती एजेण्डाहरु पुरा गर्नेगरी योजना तथा आधारसहित म अघि बढेको छु । यसका लागि एसिया प्यासिफिकका १३ वटै एनसीसीहरुसँग सहकार्य गरेर अघि बढछु र उहाँहरुबाट भरिपूर्ण सहयोग पाउछु भन्ने पनि मेरो अपेक्षा रहेको छ । मुख्यतया एसिया प्यासिफिकका देशहरुबाट सिकेका सीप, ज्ञान र पूँजीलाई कसरी धेरै भन्दा धेरै नेपाल लैजान सकिन्छ भन्नेमा मेरो ध्यान केन्द्रित हुनेछ ।

(एसिया प्यासिफिक संयोजक पदका उम्मेदवार कुँवरले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा राखेको धारणा ।)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *