एनआरएनएको ७९ औ राष्ट्रिय समन्वय परिषद अफ्रिकि मुलुक सेसेल्समा गठन

news-details

सेसेल्स । गैरआवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९औँ शाखाको रुपमा मान्यता दिएको छ ।

अफ़्रिकी मुलुक सेसेल्स अफ्रिकाको सबैभन्दा बढीप्रति व्यक्ति आय भएको र थोरै जनसंख्या भएको देश हो ।

अफ्रिकाको पूर्वी तटमा अबस्थित टापुहरूको यो देश संसारकै प्रमुख पर्यटकीय गन्तब्यमध्य पनि एक मानिन्छ । यहाँ पाँच सयभन्दा बढी नेपालीहरू होटेल र अन्य पर्यटन उधोगमा कार्यरत छन् ।

गत हप्ता सम्पन्न नेपालीहरूको एक भेलाले रामप्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराएका छन ।

समितिमा उपाध्यक्ष मनोज बिक, किशोरकुमार महर्जन, महासचिव कम्मानसिंह खत्री, सचिव बिश्वजीत कार्की, कोषाध्यक्ष कोमल राज पान्डेय, सहकोषाध्यक्ष किरण अधिकारी, प्रवक्ता एकराज सुवेदी रहेका छन् ।

सदस्यहरूमा चेतमान कुँवर, आइन्द्र लिम्बू, बिष्णु महतो, रामचन्द्र राई र गोमा अधिकारी चयन भएका छन् ।

संघका अन्तर्राष्ट्रिय कोषाध्यक्ष हिक्मत थापाका अनुसार सेसेल्स अफ्रिकाको १७औँ राष्ट्रिय समन्वय समिति र एनआरएनएको ७९औँ राष्ट्रिय समिति बनेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *