म्याट्सका विद्यार्थीले गरे हिमाल आरोहण, उच्च स्थानमा अध्ययन-अनुसन्धान सम्बन्धी रेकर्ड कायम

news-details

स्नातकोत्तर तह (म्याट्स)का विद्यार्थीले हिमाल आरोहण गरि उच्च स्थानमा अध्ययन, अनुसन्धान सम्बन्धि रेकर्ड कायम गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको सम्बन्धनमा सञ्चालित मास्टर्स अफ एडभेञ्चर टुरिजम स्टडिज ९म्याट्स० को पहिलो व्याचका विद्यार्थीहरूले तेस्रो सेमेस्टरमा समावेश ६ हजार मिटरको हिमालको एकेडेमिक फिल्ड रिसर्च अन्तर्गत मनाङ जिल्लामा रहेको चुलु हिमाल (६०३९ मी.) को २०७९ असार ७ गते १६ जना विद्यार्थी, प्रशिक्षक, एकेडेमिक सुपरभाइजर सहित २१ जनाले एकैसाथ सफल आरोहण गरि किर्तिमान कायम गरेका छन् ।

विश्वविद्यालयबाट स्वीकृत पाठ्यक्रममा नै समावेश भई म्याट्सका विद्यार्थीहरू हिमाल आरोहण सहितको फिल्ड रिसर्चका लागि गत जेठ २९ गते यस तर्फ प्रस्थान गरेका थिए । यस आरोहण समूहमा २३ जना विद्यार्थी, एकेडेमीका निर्देशक उत्तमबाबु भट्टराई, प्रमुख प्रशिक्षक माउन्टेन गाइड छिरिङ जाङबु शेर्पा, प्रशिक्षक माउन्टेन गाइड आशिष गुरूङ, एकेडेमिक सुपरभाइजर एवम् एक्पिडिसन डाक्टर वेरोज्ड मोगादशी सहभागी थिए । क्लाइम्बिङ गाइडहरूमा फुर्वा ग्याल्जाङ शेर्पा, साङ्गे शेर्पा, हेड कुक शान्ती बहादुर गुरूङ, सहायक कुक निमा साङ्गे शेर्पा, लाक्पा तेन्जी शेर्पा र लाक्पा सोनाम शेर्पा रहेका थिए ।

क्लाइम्बिङ गाइडहरूले असार ६ गते हिमालमा बाटो खोली फिक्स रोप लगाएका थिए । असार ७ गते मंगलबार विहान १ वजे वेसक्याम्प ४८०० मि. बाट अन्तिम आरोहण (समिट पुस) सुरु भएको थियो । माउन्टेन गाइडहरू छिरिङ जाङबु शेर्पा र आशिष गुरूङले विद्यार्थीको समूहलाई नेतृत्व गर्दै चुचुरो तर्फ लगेका थिए । आरोहणका क्रममा प्रशिक्षकहरूले हिमाल आरोहण सम्बन्धि कला, सामाग्रीको प्रयोग, हिउँ सम्बन्धि जानकारी, फिक्स रोपको प्रयोग र टाँङने तरिका, हिउँ पहिरो, हिमालमा देखिने कृभास र यसबाट वच्ने तरिकाको जानकारी दिदै चुलु हिमाल आरोहण गराई फिल्ड अव्जरवेशन गराएका थिए । आरोहणका क्रममा विद्यार्थीहरूले तथ्यांक संकलन गरेका थिए ।

विश्वमै पहिलो पटक हिमाल आरोहण सहितको फिल्ड रिसर्चको एक्पिडिसन मेनेजमेन्ट अल्पाइन शेर्पा गाइड ट्रेक्स एण्ड एक्पिडिसनले गरेको छ ।

विद्यार्थी सहितको आरोहण टिम यही असार १२ गते काठमाडौं आइपुग्ने एक्पिडिसन कम्पनीले जनाएको छ ।

हिमाल पारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङ जिल्लामा कम वर्षा हुने हुँदा मनसुनको समयमा समेत हिमाल आरोहण सहितको पर्यटकीय गतिविधि गर्न सकिने यो एकेडेमिक आरोहणको सफलतावाट पुष्टि भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *