पहिलो अरबी महिलाकारुपमा कतारी राजकुमारी आश्माको सगरमाथा आरोहण

news-details

कतारी राजकुमारी आश्मा विन्त थानी अल–थानी बिश्वकै अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् ।

कतार ओलम्पिक कमिटीले आइतवारसांझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरिएकोमा खुशि व्यक्त गरेको छ ।

राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन जसले नेपाल भारतको सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कंचनजंगाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुबैतर्फवाट सफल आरोहण गरेकी छन् ।

आरोहणपछि इन्स्टाग्राममा पोष्ट गर्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन् । साथै उनले ठुलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छन् ।


सपना देखेपछि त्यसलाइ पुरा गर्ने हिम्मत आउंने उनको भनाइ छ । जहां इच्छा त्यहां उपाय भन्ने भनाइ नै छ । उनी अगाडि लेख्छिन्–‘मेरो सपनाले मलाई कुनै पनि समय पछ्याइरहयो, निदाउनु अगाडि र उठेपछि त्यसकै पछि लाग्ने बनायो । यो सपना पुरा गर्नु त्यति सजिलो थिएन र पनि पुरा भएको छ ।’

सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबि महिला राजकुमारी आश्माले विश्वका धेरैजसो अग्ला हिमालको सफल आरोहण गरीसकेकी छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *