संखुवासभा जिल्लाको चैनपुर बजारमा ऐतिहाँसिक महत्वसहितको हात्तीराम र मस्तराम ‘मुमिकश स्तम्भ’ निर्माण हुने भएको छ ।

चैनपुरको ऐतिहाँसिक महत्व झल्काउनका साथै धार्मिक तथा पर्यटकीय महत्व दर्शाउनका लागि उक्त स्तम्भ निमार्ण हुन लागेको हो ।

चैनपुर बजारमा रहेको भीमसेन थान मन्दिर परिसरमा २२ फिट उचाईको स्तम्भ राख्नका लागि निमार्ण कार्य अगाडि बढिसकेको जानकारी मुमिकश स्तम्भ निमार्ण समितिका संयोजक तथा चैनपुर चौतारीका अध्यक्ष निराकार श्रेष्ठले दिए ।

काठमाडौंमा नै निमार्ण हुँदै गरेको स्तम्भमा सिंगल ढुंगामाथि भीमसेनको मुर्ती राखेर ऐतिहाँसिक र आकर्षक बनाइने संयोजक श्रेष्ठको भनाई छ । चैनपुरको मुहारलाई उज्यालो बनाउनका साथै मुमिकश जातीको एतिहाँसिक महत्व बोक्ने स्तम्भ १८ देखि २० इन्च मोटाईको हुने जनाइएको छ ।

काठमाडौं पाटनबाट २७५ सय बर्ष पहिला चैनपुरमा मुमिकश (श्रेष्ठ) जाति बस्न गएको सम्झनामा उक्त स्तम्भ निमार्ण गर्न लागिएको हो । सवैभन्दा पहिला पाटनबाट हात्तीराम र मस्तराम दुई दाजुभाई चैनपुर गएको भनाई छ ।

चैनपुरमा ऐतिहाँसिक ‘मुमिकश स्तम्भ’ निमार्ण हुँदै

चैनपुरमा निमार्ण हुने स्तम्भ नीजि खर्चमा बन्न लागेको हो । चैनपुरवासी तथा देश तथा विदेशमा रहेका एक सय परिवारले आफुखुशी दिएको सहयोगबाट स्तम्भ निमार्ण थालिएको संयोजक श्रेष्ठको भनाई छ ।

स्तम्भ निमार्णमा मुख्य सहयोगीका रुपमा व्यवसायी तथा समाजसेवी कृष्ण गोपाल श्रेष्ठ, एडिबी मनिलाका अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट सुगन्द श्रेष्ठ, साबित्री श्रेष्ठ (स्व. शरद श्रेष्ठको सम्झनामा) साथै अमेरिका, लण्डन, अष्ट्रेलिया, सिक्किम, काठमाडौं, इलाम, विराटनगर, धरान, चैनपुरलगायतबाट स्वतस्फुर्त सहयोग जुटेको संयोजक निराकारले जानकारी दिए ।

स्तम्भ निमार्णका साथै भीमसेन मन्दिर जिर्णोदारका लागि ३५ देखि ४० लाख रुपैया लागत उठिसकेको संयोजक निराकारले जानकारी दिए ।

चैनपुरमा ऐतिहाँसिक ‘मुमिकश स्तम्भ’ निमार्ण हुँदै

मुमिकश स्तम्भ निमार्ण समिति

निराकार श्रेष्ठ, संयोजक
सुभास श्रेष्ठ, सदस्य
मोहन श्रेष्ठ, सदस्य
विनोद श्रेष्ठ, सदस्य
लभ श्रेष्ठ, सदस्य

चैनपुरमा राखिने स्तम्भ तथा मुर्ती पाटनका प्रख्यात मुर्तीकार रबि शाक्यले बनाइ राखेका छन् । आगामी माघ एक गते चैनपुरमा स्तम्भ उद्घाटन गरिसक्ने योजनामा निमार्ण समिति लागेको छ ।