खुलामञ्चमा सारिएको पुरानो बसपार्क चार दिन बन्द
- भदौ १२, २०७५
- 0

काठमाडौँ । पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।
वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।
अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको उनले बताए ।
यसैगरी चावहिल, बौद्ध, साँखु, थानकोट, कीर्तिपुर, दक्षिणकालीलगायतका ठाँउबाट आउने सवारीसाधनलाई रत्नापार्कमा यात्रु आराल्ने तथा बसाउने व्यवस्था मिलाइएको छ ।
रासस
0 प्रतिक्रिया
सभामुखले बोलाएको बैठकमा जुटेन सहमति, विपक्षीको अडान कायमै

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । संसद सुरू हुनुअघि संसदको […]
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सुुझाव प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न […]
संसदको अवरोध खुलाउन सभामुख र सचेतकहरूबीच छलफल

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले […]
‘विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् […]
केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन, नेपाल–केन्या सम्बन्ध बढाउने प्रतिबद्धता

केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति […]