देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ५४ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ५४ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७० हजार २७७ जना पुगेका छन ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या दुई हजार ७७१ जना पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *