वामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश

राष्ट्रियसभा सदस्यको पद पनि यथास्थितिमा
news-details

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम नगराउन र थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराइको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्तिको विषयलाई यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रियसभामा नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदरको मागसहित सर्वोच्चमा गत सोमबार रिट दायर गरेका थिए ।

सोही रिटमा बुधबार भएको बहसमा न्यायाधीश भट्टराईले यस्तो आदेश दिएका हुन् । गौतमलाई मन्त्रीपरिषदको शिफारिसमा असोज १ गते राष्ट्रपति विद्या भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *