पोखरीमा डुबेर मोरङमा तीनजनाको मृत्यु

news-details

मोरङको ग्रामथान गाउँपालिका–४ मा पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्य भएको छ । प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो ।

आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मानबहादुर राई जानकारी दिए ।

प्रहरीका अनुसार सीता आमा हुन भने पवित्रा र कृतिका दुबै छोरी हुन् । छोरीहरु माछालाई चारो हाल्न गएका र दुवै जना पोखरीमा पौडी खेल्न पसेर डुबेको थाहा पाएपछि निकाल्न जाँदा आमा सीताको पनि मृत्यु भएको ग्रामथाम गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले जानकारी दिए ।

हिजो साझँसम्म पनि उनीहरु घरमा फेला नपरेपछि परिवारका अन्य सदस्य खोजी गर्ने क्रममा पोखरीभित्र शव फेला परेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *