उपत्यकाका ७११ सहित देशभर थप १२०४ मा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज (विवरणसहित)
- अशोज ३, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ७११ सहित देशभर थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका ५७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज १२४३ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ४५ हजार २६७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको पनि मन्त्रालयले जनाएको छ ।