एनआरएनए ‘ग्लोबल स्पीच कन्टेस्ट’ को उपाधी म्यानमारकी अभिलासालाई, एनआरएनको दोश्रो पुस्तालाई नेपाल जोड्ने अभियान

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकले आयोजना गरेको ‘ग्लोबल स्पीच कन्टेस्ट’को उपाधी म्यानमारकी अभिलासा खतिवडाले हात पारेकी छिन् ।

खतिवडाले २९ देशका ६१ जना प्रतियोगीलाई पछि पार्दै पहिलो पुरस्कार हासिल गर्न सफल भएकी हुन् । ‘राष्ट्रका लागि मेरो सपना’मा आफ्नो अभिव्यक्ति राखेर खतिवडाले निर्णायक मण्डलको मन जितेर पहिलो बनेकी हुन् ।

‘राष्ट्रका लागि मेरो सपना’ शीर्षकमा आइतबार आयोजित प्रतियोगितामा रसियाकी समिरा केसीले दोस्रो स्थान हासिल गरेकी छिन् । यस्तै, बेलायतकी टिया आचार्यले प्रतियोगितमा तेस्रो स्थान प्राप्त गरिन् ।

दोश्रो पुस्तालाई नेपाल जोड्नका लागि प्रतियोगिता सफल बनेको सहभागीको भनाई थियो । कार्यक्रममा चौथौं स्थान साउदी अरवबाट जस्मिन सायद र नाइजेरियाबाट सुहिम थापा तथा सान्वना थाइल्याण्डबाट दंग तिमिल्सीनाले पाउन सफल भए ।

प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले साठी हजार, तेस्रो हुनले चालिस हजार नगद र प्रमाणपत्र सहित पुरस्कार जितेका छन् । अन्य प्रतियोगिले तीस तीस हजारको नगद पुरस्कार प्राप्त गरे ।

यस्तै, प्रतियोगितमा १३ वर्षभन्दा मुनिका प्रतियोगीका मध्यबाट दिव्या ढकालले लिटल मास्टरको टाइटल हासिल गरिन् । कार्यक्रममा कुन्जन बोहोराले एनआरएन राइजिङ स्टारको टाइटल प्राप्त गरे ।

एनआरएनए ‘ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगिताको उद्घाटन एनआरएनए अध्यक्ष कुमार पन्तले गरेका थिए । पन्तले नेपालभन्दा बाहिर ८० लाख नेपाली भएको अर्को नेपाल रहेकोे बताए । उनले गैरआवासीय नेपाली संघको अभियान देखिनै दोस्रो पुस्तालाई नेपालसँग जोड्न चाहेको वताए ।

सिर्जना पाण्डेले राष्ट्रिय गीतबाट सुरु गरेको कार्यक्रममा एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका स्वागत गरेका थिए । त्यसैगरी एनआरएनए उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रविना थापा, कार्यक्रम संयोजक दिपक कँडेल, एसिया प्यासिफिक महिला कोअर्डिनेटर अमृता थापा, डिआरसी खगेन्द्र न्यौपाने ,डिआरसी पारसमणी पोखरेल र युवा संयोजक हिमाल गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई ,अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डले सहभागिता जनाएका थिए ।

कलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहेका थिए । यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा रहेका थिए ।

दोश्रो पुस्तालाई नेपाल जोड्ने अभियान अनुरुप कार्यक्रम गरिएको जानकारी गराउँदै एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठले प्रतियोगी, कार्यक्रम सफल बनाउने सहयोगी तथा देशविदेशमा रहेका नेपाली तथा एनआरएनलाई धन्यवाद व्यक्त गरे । उनले एसिया प्यासिफिकले आफ्ना कार्यक्रम अझै बढाउँदै जाने र केही पछि क्षेत्रीय भेला आयोजना गर्न लागिएको समेत जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *