सोमबार राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कर्णाली प्रदेशमा पहिलो पटक संक्रमित भेटिए

news-details

सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कर्णाली प्रदेशमा पहिलो पटक संक्रमित भेटिएका छन ।

सोमबार साझ कर्णाली प्रदेशमा पहिलो पटक दैलेखका १ जनामा संक्रमण पुष्टि भएको तथा धनुषाका २ जना, खोटाङका १ जना, बाँकेका १२ जना र सुनसरीका १ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ३७५, मृत्यु हुने २ र निको हुनेको संख्या ३६ जना पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *