राष्ट्रकवि घिमिरेको कोरियन भाषामा अनुवादित ‘गौरी’ खण्डकाव्य सार्वजनिक

news-details

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा नेपाल कोरिया साहित्य सम्मेलन सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेको शतक जन्मोत्सवको अवसरमा कोरियन भाषामा अनुवादित ‘गौरी’ खण्डकाव्य सार्वजानिक गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा कोरियन कविद्वारा लिखित कवितालाई नेपालीमा अनुवाद गरिएको कविता सङ्रह पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा पाँच जना कोरियन कविले आफ्नो कविता वाचन गरेका थिए भने तिनै कवितालाई नेपाली कविले नेपालीमा वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पराजुलीले माधव प्रसाद घिमिरेको सय वर्ष उमेर पुगेको उपलक्ष्यमा कोरियन भाषामा अनुवादित खण्डकाव्य सार्वजनिक गर्न पाउँदा एकदमै गौरव महसुस भएको बताए। नेपालको साहित्य र कोरियन साहित्य बीचको अन्तरक्रियाले अन्तर्राष्ट्रिय साहित्यमा थप टेवा पुग्ने पनि उनले जिकिर गरे।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी कार्यबाहक अध्यक्ष उन्नति शिला बोहराले साहित्यको प्रवर्द्धन र उत्थानमा आफू सदैव लागिरहने बताइन् । विश्वको जुनसुकै कुनामा बसेर पनि नेपाली साहित्यको माया गर्ने साहित्यिक प्रेमीले गर्दा नै नेपाली साहित्यले ठूलो फड्को मारेको कुराले आफू खुशी भएको बताउदै उनले भनिन्, ‘विभिन्न देशका साहित्यकारसँगको अन्तरक्रियाले नै हाम्रो साहित्यको विकास हुन्छ।’

कार्यक्रममा अनेसासका अध्यक्ष राधेश्याम लेकाली, नेपाल कोरिया कल्चर सेन्टरको अध्यक्ष मन्जु गुरुङ, कोरियाबाट आएका कवि सगरमाथा गुरुङले आफ्नो मन्तव्य दिएका थिए । साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली पहिचान झल्कने नृत्य पनि देखाइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *