शशी लुमुम्बूलाई ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’

news-details

साहित्यकार शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’द्वारा पुरस्कृत एवम् सम्मानित भएका छन् ।

शृङ्खलाद्वारा शनिबार राजधानीमा आयोजित समारोहमा उनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले नगद पचपन्न हजार पाँच सय पाँच रुपैयाँसहित दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका हुन ।

सो समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले नेपाली कविता–काव्य विधामा शशी लुमुम्बूले सशक्त कविता सृजना गरी उल्लेखनीय योगदान दिएको चर्चा गरे । उनले नेपाली साहित्यको श्रीबृद्धिमा डायस्पोरामा रहेका साहित्यकारहरूले सिर्जनका माध्यमबाट विशिष्ट योगदान दिएको बताए ।

कवि श्रवण मुकारुङले नेपाली साहित्यमा कवि शशी लुमुम्बूको उल्लेखनीय योगदान रहेको बताए ।

समारोहका सभाध्यक्ष वरिष्ठ साहित्यकार दाजु गुरुङले नेपाली साहित्यको उन्नयनमा हङकङेली नेपाली डायास्पोरिक लेखक-साहित्यकारहरूको विशिष्ट योगदान गरिरहेको तर राज्यले भने उक्त योगदानलाई अनदेखा गरिरहेको बताए । डायास्पोरामा सृजनारत स्रष्टाहरूको योगदानलाई राज्यले उचित कदर गर्नुपर्नेमा उनको भनाई थियो ।

शृङ्खलाका निवर्तमान संयोजक रमण गुरुङ र सल्लाहकार डिबी पालुङ्वाले हङकङमा नेपाली साहित्यको अवस्था र नेपाली साहित्यको प्रवद्र्धनका निमित्त हङकङ साहित्यिक साझा शृङ्खलाले गरिरहेको कार्यहरूका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको सहजीकरण यासेली योङहाङले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया