‘आदर्श दिव्य दृष्टि’ दशैँ काव्य शृङ्खला– तीन सम्पन्न

news-details

बैंकक, थाइल्याण्ड– साहित्य मन थाइल्याण्डले आयोजना गरेको ‘आदर्श दिव्य दृष्टि’ शृङ्खला–तीन अन्तर्गत विशेष रचना वाचन कार्यक्रम आइतबार ९ असोज ५, २०८२ भव्य रूपमा सम्पन्न भएको छ ।

यस अवसरमा प्रमुख अतिथि युवराज नयाँघरेले मन्तव्य दिँदै प्रवासी भूमिबाट साहित्य, कला र संस्कृतिको संरक्षणमा नेपाली समुदायले पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । विशिष्ट अतिथि प्रा.डा. वीणा पौडेलले दशैँको सांस्कृतिक महत्व र यसले नेपाली समाजलाई जोड्ने भूमिकाबारे विशेष मन्तव्य प्रस्तुत गर्नुभयो ।

नेपालबाट जोडिनुभएका साहित्यकार स्नेही शिवले मन्तव्यसहित प्रसिद्ध गीत ‘नेपाली हामी रहौँला कहाँ’ गाउनुभयो । साथै, उहाँले आफ्नो चर्चित कविता ‘नयाँ सत्ता’ पनि वाचन गर्नुभयो, जसले दर्शक–श्रोतामाझ गहिरो प्रभाव पारेको थियो ।
थाइल्याण्डमा बसोबास गर्ने युवासाहित्यकारहरूले पनि आफ्ना सिर्जनात्मक रचनाहरू प्रस्तुत गरे । विजय बमरेलले ‘पर्दा पछाडिको दशैँ’ कविता र ‘एकछिनको सुख पाउनका लागि‘’ गजल वाचन गर्नुभयो । भीमलाल खनालले ‘आयो दशैँ’ कविता सुनाउनुभयो भने विना ढकालले ‘दशैँ’ र ‘घर फर्क’ शीर्षकका कविताहरू प्रस्तुत गर्नुभयो ।

त्यस्तै, दीपा रानाले ‘दशैँ’ र ‘द्रौपदी’ कविताहरू वाचन गर्दै साहित्यमा महिला दृष्टिकोणको महत्वलाई उजागर गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता ओमप्रकाश न्यौपानेले गर्नुभएको थियो । उहाँले समापन मन्तव्य दिँदै प्रवासी भूमिमा साहित्यिक कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको निरन्तरता सुनिश्चित गर्नेमा जोड दिनुभयो । साहित्य मन थाइल्याण्डद्वारा आयोजित यस कार्यक्रमले नेपाली समुदायबीच आपसी आत्मीयता सांस्कृतिक चेतनालाई अझ मजबुत बनाएको छ । प्रवासी युवाको सक्रिय सहभागिता यसपटकको विशेष आकर्षण रह्यो । कार्यक्रमको सञ्चालन दीपा रानाले गर्नुभएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया