खाद्यविद् बरालको `म:म:का पाइलाहरु´काे विमाेचन
- साउन ४, २०८२
- 0
खाद्य तथा स्वादका राजदूतका रुपमा परिचित विनोद बरालद्वारा लिखित `म:म:का पाइलाहरु´ को विमोचन सम्पन्न भएको छ।
बेलायतमा बासोबास गर्दै आउनुभएका बरालको पुस्तक लण्डनस्थित विजनेश डिजाइन सेन्टरको ‘दि नेशनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभल’मा विमोचन भएको हो ।
साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, मदिराविद् तारा वाइबाले कृति विमोचन गर्नु भएको थियो ।
विमोचनपछि साहित्यकार युवराज नयाँघरेले भन्नुभयो ‘हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गर्छ । यो कृति मार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ ।’
नयाँघरेले अरु भन्नुभयो ‘नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भुमिका खेल्ने छन् ।’
कार्यक्रममा लेखक बरालले ‘आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने’ बताउनु भयो ।
अभियन्ता गुरुङ, उद्यमी वाइबा, राईले कृति सफलताका लागि शुभकामना दिनुभएको थियो । कार्यक्रमको आयोजकमा मोस् मोस् फाउन्डेसन र सहआयोजकमा सरस्वती केन्द्र नेपाल रहेको थियो ।
पोखरामा जन्मनुभएका बराल लामो समयदेखि लण्डनमा बस्दै आउनु भएको छ। बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायको सहयोगका लागि उत्तिकै क्रियाशील रहेको जानकारहरु बताउँछन् ।














