असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
- कार्तिक ७, २०७६
- 0
प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहिबार अपरान्ह अजरबैजान प्रस्थान गरेका छन् ।
आगामी शुक्रबार र शनिबार बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको टोली अजरबैजान गएको हो ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत पनि बाकु प्रस्थान गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनमा सहभागी हुन यसअघि नै बाकु पुगिसकेका छन् ।
प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्किने कार्यक्रम छ।
0 प्रतिक्रिया
सहकारी ठगी प्रकरणमा पूर्वसांसद गुरूङ पक्राउ
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व सांसद पक्राउ परेकी छिन् । प्रहरीले आज गण्डकी प्रदेशकी पूर्वसांसद रहेकी मिना गुरूङलाई पक्राउ […]
शरण हुमागाईंको ‘मेरो माया बुझेनन् कसैले’सार्वजनिक
लामो समयदेखि संचारकर्म र सांगितिक क्षेत्रमा सक्रिय रहेका लोक तथा दोहोरी गायक शरण हुमागाईं पछिल्लो समय कारुणिक गीत ‘मेरो माया […]
विद्युत विधेयक २०८० माथि छलफल, कसले के भने ?
प्रतिनिधिसभा अन्तरगत पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको छ । मंगलबार बसेको बैठकमा ९ […]
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा […]
वीर अस्पताल र न्याम्स सम्बन्धि विधेयक पारित गर्ने निर्णय
कानून, न्याय तथा मानव अधिकार समितिले सबैको सहमतिमा वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सरकारले ल्याएको विधेयक भाषा […]