मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण
- जेष्ठ २४, २०८२
- 0
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् ।
आगलागीको जानकारी लगत्तै काठमाडौँबाट बाजुरा पुगेका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिए ।
शुक्रबार बाम्का बजारस्थित नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको थियो । आगलागीमा परेर बाम्का बजारका झण्डै ४० वटा पसल पूर्ण रूपमा नष्ट भएका छन् ।
स्थानीय बासिन्दाहरूले ठूलो आर्थिक क्षति भएको जनाउँदै सरकारसँग राहत तथा पुनर्निर्माणमा सहयोगको माग गरेका छन् ।
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]






