असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

news-details

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहिबार अपरान्ह अजरबैजान प्रस्थान गरेका छन् ।

आगामी शुक्रबार र शनिबार बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको टोली अजरबैजान गएको हो ।

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत पनि बाकु प्रस्थान गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनमा सहभागी हुन यसअघि नै बाकु पुगिसकेका छन् ।

प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्किने कार्यक्रम छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *